uml logo

सुस्ताको विरोध गर्दा मलाई जेल कोच्नेहरूले राष्ट्रियताको कुरा गर्दैछन्ः अध्यक्ष ओली

image

 

बुटवल । काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणका लागि हस्तक्षेपमुक्त राष्ट्रिय निर्णायक शक्ति आवश्यक रहेको बताउनु भएको छ। 

शुक्रबार नेकपा (एमाले) पश्चिम नवलपरासीको नवौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले विदेशी हस्तक्षेप हुन नदिनका लागि सबै एकजुट हुनुपर्ने बताउँदै मुलुकको विकासका लागि बाह्य शक्तिबाट सहयोग लिए पनि हस्तक्षेप हुन दिन नदिने बिश्वास दिलाउनु भयो।

अध्यक्ष ओलीले एमालेले मिसन ०८४ महान् उद्देश्य राखेर घोषणा गरिएको अभियान हो भन्दै थप्नुभयो, ‘हाम्रो देशको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने छ, स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्नुपर्ने छ, हाम्रो भूमिको रक्षा गर्नुपर्ने छ’, ।

 आज आफूले सुस्ता पनि घुमेको बताउँदै २०२५ सालदेखि सुस्ता नेपाली भूमि हो र भारतीयलाई सुस्ता छाड भनेर भन्दै आएको स्मरण गराउनुभयो । सो अवसरमा उहाँले त्यतिखेर देशका लागि कुरा उठाउँदा समेत आफूहरू माथि मुद्दा चलाएको उहाँले स्मरण गर्नुभयो । 

नेकपा (एमाले) सधैँ राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र सार्वभौमसत्ता रक्षाको पक्षमा लड्ने पार्टी भएको उहाँले बताउनुभयो । ‘देशको सिमानालाई लिएर आवाज उठाउने जिम्मा हाम्रो काँधमा परेको जस्तो छ’भन्दै थप्नुभयो, लिम्पियाधुरा, लिपुलेक नेपालको नक्सामा समेटेर त्यो भूमि हाम्रो हो, हामीले फिर्ता पाउनु पर्छ, कब्जा गरिएको भूमि छाड्नु पर्छ भन्ने जिम्मा पनि एमालेकै काँधमा आएको छ । 

आफूले ५६ वर्षदेखि सुस्ता लगायतको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने आवाज लगातार उठाइरहेको स्मरण गराउँदै पार्टीले लिएको गन्तव्यमा कसरी पुग्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले पार्टीले लिएका सही नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर मात्र सही गन्तव्यमा पुगिने बताउनुभयो ।

‘२०७४ सालको निर्वाचनमा नेकपा (एमाले) करिब दुई तिहाइ नजिक पुगेको थियो तर केही पुरानै नेतृत्वको विवेकहीनले पार्टी फुटको संघारमा पुग्यो’, ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले पार्टीमा गरेको योगदान र कार्यक्षमताका आधारमा सर्वसम्मत नेतृत्व चयनका लागि सुझाउँदै उनले तल्लो तहका आम कार्यकर्ताकै कारण पार्टी जोगिएको बताए ।

आग्रह गर्नुभएको थियो।

कार्यक्रममा एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले देश अहिले एमालेले अगाडि सारेको योजनामा अघि बढेको बताउनुभयो । एमालेले सारेका दीर्घकालीन योजना नै अहिलेको निकास भएको उहाँको भनाइ थियो ।