uml logo

नेकपा (एमाले) प्रदेश कमिटी लुम्विनीको तेश्रो पूर्ण बैठकः जनआधारित पार्टी बनाउन जरुरीःपद्या अर्याल

image

बुटवल, नेकपा(एमाले) केन्द्रीय सचिव तथा लुम्विनी इन्चार्ज पद्या अर्यालले नेकपा (एमाले) प्रदेश कमिटी लुम्विनीको तेश्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै पार्टीलाई एजेण्डाले नेतृत्व गर्ने भएकोले अहिलेको अवस्थामा मुख्यतः राष्ट्रिय स्वाभिमान र स्वाधिनताको विषय सहित चारवटा एजेण्डालाई आत्मसात गरेर पार्टी कामलाई अघि वढाउन आवश्यक रहेको बताउनु भयो ।

बुटवलमा सम्पन्न वैठकको अध्यक्षता अध्यक्ष राधाकृष्ण कँडेलले र सञ्चालन सचिव लक्ष्मण आचार्यले गर्नुभएको थियो । जनताका तात्कालिन र दीर्घकालिन एजेण्डाको रुपमा शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई ग्यारेन्टी गरेर जान सक्दा मात्र सवै वर्ग र समुदायका एजेण्डालाई आत्मसात गर्न सकिने भएकोले तदनुसारका विषयलाई खभियानका रुपमा लैजान आवश्यक छ, अर्यालले भन्नुभयो । 

जनता दर्शन तथा दस्तावेज पढेर मात्र बस्दैनन् भन्ने कुरा पनि हामीले वुझ्नुपर्छ भन्दै उहाँले भन्नुभयो– पार्टी परिवर्तनको वाहक र देशको संरक्षक भएकोले पार्टीलाई जनतामा आधारित पार्टी बनाउनु जरुरी छ । 

उहाँले कार्यकर्ताका पनि एजेण्डा रहेको तर्फ संकेत गर्दै करप्टेड र फ्रष्टेड हुनबाट वचाउनु, हरेक कार्यकर्ताले पार्टीलाई अभिभावक सम्झने अवस्था सृजना गर्नु र हामी स्वयं नेता पनि सुध्रिन जरुरी रहेको वताउनुभयो ।

आजका नेता कार्यकर्ताले नीति र प्रविधिलाई संगसंगै लैजान आवश्यक छ रहेकोले अवका वैठकमा यस्ता एजेण्डालाई छलफलको विषय बनाउन अपिल गर्नुभयो । उहाँले परम्परागत हिसावले हैन, विषय केन्द्रीत छलफल गर्ने, निश्चित समय तोक्ने, प्रविधिको सदुपयोग गरी आफ्ना धारणा पठाउने र आवश्यक पर्दा भर्चुअल माध्यमबाट पार्टीका वैठक र प्रशिक्षण सञ्चालन गर्न सुझाव दिनुभयो । 

पार्टीको काम समाज रुपान्तरण गर्ने भएकोले नीति र विचारका साथै जनताले अनुभूत गर्ने गरी समाज रुपान्तरणका काममा लाग्न अर्यालले निर्देशन गर्नुभयो । बलियो राष्ट्रिय शक्ति नभई रुपान्तरणका काम गर्न नसकिने तर्क प्रस्तुत गर्दै प्रमुख अतिथि अर्यालले आफैबाट रुपान्तरणको अभियान शुरु गर्न र हरेकले आफ्ना काम तथा चरित्रवारे आत्मसमिक्षा गर्न पनि अपिल गर्नुभयो । 

वैठकमा अध्यक्ष कँडेलले नौ वटा प्रस्ताव पेश गर्नुभएको थियो । जस अनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राजनीति नियुक्ति पाउनेको सम्मान तथा वार्षिक कार्ययोजना–२०८० को समिक्षा, वार्षिक कार्ययोजना–२०८१ प्रस्तुत, जिल्ला तथा मातहत कमिटीका वैठक र प्रदेश कमिटीको मनोनयन सम्वन्धी प्रस्तावहरु थिए । वैठकले सात जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ ।

जसमा उमा विक चन्द वोहरा  (कपिलवस्तु) र पूर्व जिल्ला अध्यक्षहरू तेजेन्द्र केसी (रुपन्देही), डम्वर शर्मा (कपिलवस्तु), टोपवहादुर ओली (पूर्वी रुकुम), किष्मत कक्षपति (बाँके), हुकुमवहादुर वस्नेत (दाङ), लालवहादुर श्रेष्ठ (बर्दिया) लगायत ७ जना । बैठकले पार्टीको मुखपत्र लुम्विनी सन्देशको प्रकाशनका लागि आवश्यक तयारी गर्ने, जिल्ला र पालिका कमिटीको कार्यालय तथा अभिलेखीकरणलाई व्यवस्थित गर्ने, आन्तरिक लेखा परीक्षणका विषयमा पनि विभिन्न निर्णयहरु गरेको छ । वैठकमा पोलिटव्युरो सदस्यहरु दलवहादुर राना, वैजनाथ चौधरी, लिला गिरी, दधिराम न्यौपाने, खेममान खड्कालगायत केन्द्रीय सदस्य, सल्लाहकार, विभिन्न आयोगका सदस्यहरुसमेतको उपस्थिति थियो । वैठकले १० वूँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ ।