uml logo

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै यी २१ मन्त्रीले लिए शपथ (तस्वीरमा सूचीसहित)

image

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ गराइएको हो । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । 

उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण

 प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने पौडेल अर्थमन्त्री बन्नुभएको छ । 

सोही समारोहमा अन्य मन्त्रीहरुले पनि सपथ लिनु भएको छ । 

सोमबार शपथ लिएका २१ मन्त्री–

१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास

२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ

३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि

४. रमेश लेखक – गृह

५. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

६. आरजु राणा – परराष्ट्र

७. प्रदीप यादव – खानेपानी

८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति

१०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

१२. तेजुलाल चौधरी – युवा तथा खेलकुद

१३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

१४. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

१५. मानवीर राई – रक्षा

१६. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ

१७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

१८. ऐनबहादुर शाही – वन तथा वातावरण

१९. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

२०. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास