uml logo

लुम्बिनीमा मुख्यमन्त्रीसहित ८ जनाले लिए विनाविभागीय मन्त्रीको शपथ

image

बुटवल, साउन ९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज सपथ ग्रहण लिनुका साथै मन्त्रिमण्डल विस्तार गरेका गर्नुभएको छ। विस्तारित मन्त्रिमण्डलमा नेपाली कांग्रेस र नेकपा एमालेका गरी ८ जना छन्। 

एमाले कांग्रेसका आठजना मन्त्रीले आजै शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा नेकपा (एमाले) बाट भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), खेमबहादुर सारू मगर(पाल्पा) र सीता शर्मा( दाङ) ले मन्त्रीको शपथ लिनु भएको छ। यस्तै, नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी बिना बिभागिय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।