uml logo

अर्थमन्त्रालयको बागडोर विष्णु पौडेललाई पाँचौंपटकः तीन दशक यसरी रह्यो सिंहदरबार यात्रा

रामप्रसाद आचार्य

रुपन्देही ।  

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नं बाट प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेल पुनः अर्थमन्त्री बन्नुभएको छ । पौडेलले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा शपथ लिएर पदभार ग्रहण गर्नुभएको हो । अर्थमन्त्रालयमा पौडेलको पाँचौ पटकको प्रवेश हो । यसअघि पार्टी अध्यक्ष केपी ओलीसँगै तीनपटक अर्थमन्त्री बन्नुभएका पौडेल एकपटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि अर्थमन्त्री हुनुभएको थियो । 

२०७२ मा ओली प्रधानमन्त्री बन्दा पहिलोपठक अर्थमन्त्री बन्नुभएको थियो पौडेल । ओलीको दोस्रो कार्यकालमा सुरुवातमा युवराज खतिवडा अर्थमन्त्री बनेपनि पछि उहाँ बाहिरिएपछि २०७७ मा पौडेलले नै सो मन्त्रालय सम्हाल्नुभएको थियो। त्यो उहाँको दोस्रो कार्यकाल थियो। २०७८ वैशाखमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि पौडेल तेस्रो पटक अर्थमन्त्री बन्नुभएको थियो। सोही कार्यकालमा उहाँ उपप्रधानमन्त्री पनि हुनुभएको थियो। ०७९ पुसमा उहाँ प्रचण्ड प्रधानमन्त्री हुँदा अर्थमन्त्री बन्नुभएको थियो । पौडेल २०५३ सालमा पहिलो पटक मन्त्री बन्नुभएके थियो। लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उहाँले युवा, खेलकुद तथा संस्कृति मन्त्री हुनुभएको हो । त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री हुनुभएको थियो। प्रचण्ड २०६५ मा पहिलोपटक प्रधानमन्त्री बन्दा जलस्रोत मन्त्री हुनुभएको थियो । निजी क्षेत्रबाट रुचाइएका अर्थमन्त्रीको रुपमा उहाँ परिचित हुनुहुन्छ । 

६४ वर्षीय पौडेल नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ। एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा उहाँ महासचिव हुनुभएको थियो । ३० को दशकमा तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गर्नुभएका पौडेल २०४७ मै एमालेको केन्द्रीय सदस्य बन्नुभएको थियो। मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उहाँ रुपन्देही( २ बाट निर्वाचित हुनुभएको हो । रुपन्देहीबाट लगातार चौथोपटक निर्वाचित बनेर उहाँले रेकर्ड कायम राख्नुभएको छ । देशमै थोरै नेताहरु मात्रै लगातार एकै क्षेत्रबाट निर्वाचन जितिरहेका छन् । 

पौडेल २०५१ को प्रतिनिधि सभा निर्वाचनमा पाल्पा ३ बाट निर्वाचित भएर उहाँले संसदीय यात्रा सुरु गर्नुभएको थियो । त्यस्तै, २०६४ र २०७० को संविधान सभा निर्वाचनमा रुपन्देहीबाट र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही( २ बाट निर्वाचित हुनुभएको थियो। २०५६ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही ३ मा उहाँ पराजित हुनुभएको थियो । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका, वडा नं. १०, राङखोला, डिहिकुना जन्मिएका पौडेल बुटवल र ललितपुर महानगरपालिका वडा नं. २५, सैवु आवासमा बसोबास गर्नुभएको छ । 

कहिले कहिले सरकारमा ? 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री ः

२०७९ पुस ११ देखि फागुन १५ सम्म ÷ २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म ।

अर्थमन्त्री ः

२०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म ÷ २०७२ कात्तिक १९ देखि २०७३ साउन १९

सम्म ।

अर्थमन्त्री ः ०८१ असार ३१

रक्षामन्त्री ः

२०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म ।

जलस्रोत मन्त्री ः

२०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म ।

युवा, खेलकुद तथा संस्कृति मन्त्री ः

२०५३ चैत १२ देखि २०५४ असोज १० सम्म ।

जनप्रतिनिधिको भूमिका

प्रतिनिधि सभा सदस्य ः

२०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित ।

प्रतिनिधि सभा सदस्य ः

२०७४ मङ्सिर २१ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित ।

संविधान सभा सदस्य ः

२०७० मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित ।

संविधान सभा सदस्य ः

२०६४ चैत २८ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित ।

प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ः

२०५६ जेठ ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार ।

प्रतिनिधि सभा सदस्य ः

२०५१ कात्तिक २९ मा सम्पन्न निर्वाचनमा पाल्पा, निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित ।

सभापति, अभिलेख अध्ययन तथा निक्र्यौल समिति ः

२०७० मङ्सिर ४ मा निर्वाचित संविधान सभाद्वारा पहिलो संविधान सभाका कामहरुको अध्ययन

तथा निक्र्यौल गरी निर्धारित समयमै प्रतिवेदन प्रस्तुत गरेको ।

 राजनीतिक जिम्मेवारी

हाल उपाध्यक्ष, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः २०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट ।

उपमहासचिव, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः सर्वोच्च अदातलको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववतः अवस्थामा फर्किएपछि,

२०७७ फागुन २३ देखि २०७८ मङ्सिर १४ सम्म ।

महासचिव, केन्द्रीय कमिटी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ः

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणपश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को

केन्द्रीय कमिटीद्वारा निर्वाचित । २०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म ।

उपमहासचिव, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः

२०७१ असार २५–साउन १ मा काठमाण्डौमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

सचिव, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः

२०६५ फागुन ५–१४ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

वैकल्पिक सदस्य, स्थायी कमिटी, नेकपा (एमाले) ः

२०५९ माघ १८–२२ मा जनकपुरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी

सदस्यमा निर्वाचित । केन्द्रीय कमिटीको प्रथम बैठकबाट स्थायी कमिटीको वैकल्पिक सदस्यमा

निर्वाचित ।

सदस्य, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः

२०५४ माघ १२–१८ मा नेपालगञ्जमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

सदस्य, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः

२०४९ माघ १४–२० मा काठमाण्डौमा सम्पन्न पाचौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।

सदस्य, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः

२०४७ माघमा केन्द्रीय कमिटीद्वारा मनोनित ।

राजनीतिक यात्राको आरम्भ र विकासक्रम ः

२०३४ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (

माक्र्सवादी– लेनिनवादी)मार्फत ।