uml logo

एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट विजयी, अध्यक्ष र उपाध्यक्षबाहेक सबै निर्विरोध

image

रुपन्देही । 

नेकपा एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट विजयी हुनुभएको छ । उहाँ यसअघि पनि अध्यक्ष रहनुभएको थियो । त्यसैगरी उपाध्यक्षमा माधव शर्मा पौडेल विजयी हुनुभएको छ । अध्यक्ष र उपाध्यक्षबाहेक ३ पदाधिकारी र सबै पदमा निर्विरोध भएको एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले जानकारी दिनुभयो । अध्यक्ष पदमा तीन जनाको उम्मेदारी परेको थियो । जिल्ला अधिवेशनका लागि छनौट भएका ५३९ मतमध्ये ५२३ मत खसेको थियो । जसमध्ये अध्यक्षमा विष्टले २९९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी मधुर शर्माले १८५ र अजय सिंहले २५ मत ल्याउनुभएको थियो । त्यसैगरी उपाध्यक्षमा पौडेलले २५७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेगन सिंह कवरले २५१ मत ल्याउनुभएको थियो । 

सचिवमा इन्द्रमणि पौडेल निर्विरोध हुनुभएको छ । 

खुला उपसचिवमा हिरामणी भण्डारी र महिला उपसचिवमा इश्वरा आचार्य निर्विरोध हुनुभएको छ । ८९ सदस्य रहने जिल्ला कमिटीमा अन्य सबै सदस्यहरु निर्विरोध भएका थिए । अधिवेशनको आइतबार एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।