uml logo

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल विजयी

image

रुपन्देही । 

नेकपा एमाले कपिलवस्तु १० औं जिला अधिवेशनबाट बाबुराम खनाल विजयी हुनुभएको छ । शुक्रबार भएको मतदानबाट उहाँले निवर्तमान अध्यक्ष रहनुभएका डम्बर शर्मालाई पराजित गर्दै विजयी हुनुभएको हो । ५५९ जना प्रतिनिधि रहेकोमा ५३२ जनाले मतदान गरेका थिए । खनालले २७८ मत ल्याएर विजयी हुँदा शर्माले २५३ मत ल्याउनुभएको थियो । यसैगरी उपाध्यक्षमा शंकर पाण्डेले ३१२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी भेषराज पाण्डेले २०१ मत ल्याउनुभएको थियो । त्यसैगरी सचिवमा सिबी गहतराज विजयी हुनुभएको छ । उहाँले ३०४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी विश्व कार्कीले २१२ मत ल्याउनुभएको थियो । त्यसैगरी उपसचिव खुलामा देवीप्रसाद पोखरेल र महिला उपसचिवमा शुशीला दर्लामी विजयी हुनुभएको छ । अधिवेशनको बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । प्रदेशका १२ जिल्लामध्ये यसअघि रोल्पा, रुकुमपूर्व, बर्दिया, पश्चिमनवलपरासीमा अधिवेशन सकिएको छ ।