uml logo

एमाले अर्घाखाँचीको नवौं अधिवेशन, देश विकासका लागि दुई राजनीतिक शक्ति जरुरी ः पद्मा अर्याल

image

रुपन्देही । 

नेकपा एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले विकासका लागि देशमा दुई वटा पार्टी मात्रै भए जनताले चाहेअनुसारको विकास हुनसक्ने बताउनुभएको छ । शनिवार एमाले अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै नेतृ अर्यालले विकास र समृद्धिका लागि देशमा दुई राजनैतिक शक्ति मात्र हुनुपर्ने भन्दै त्यसका लागि वामपन्थी र काँग्रेसको दुई लाइनको पार्टी भए देशमा राजनैतिक स्थिरता हुने बताउनुभएको हो । नेतृ अर्यालले भन्नुभयो ‘मुलुुकको विकासका लागि मुख्य ३ कुरा चाहिन्छ, दुरदर्शी नेतृत्व, शक्तिशाली पार्टी, राजनैतिक स्थायित्व यो सवै कुरा एमालेभित्र छन्, केही समय एमालेमाथि घेराबन्दी भएपनि एमाले अगाडि बढ्यो,पछिल्लो समय राजनैतिक अराजकता मौलाएको छ,त्यसकारण पनि विदेशी शक्तिहरुले चलखेल गरेका छन्।’

नेकपा एमाले जनताको आकर्षणको पार्टी भए पनि आन्तरिक कारणले पार्टीले केही ठाउँमा हार ब्यहोर्नुपरेको भन्दै अहिले पार्टीको आन्तरिक जीवनलाई सुदृण बनाउनका विभिन्न कार्यक्रमहरु अगाडि बढाएको नेतृ अर्यालले बताउनुभयो ।

पूर्वमन्त्री अर्यालले भन्नुभयो–‘समृद्धिको गीत गायर मात्र हुँदैन्,गाउँ खाली हुन थालिसक्यो, दक्ष जनशक्ति दैनिकजसो विदेश पलायन भएका छन्, वाटो, बिजुली, स्वास्थ्य, शिक्षा गाउँमा त पुग्यो तर मान्छे छैनन् गम्भीर बन्ने बेला भएको छ, विकासले केही गति लिए पनि जनताको जीवनस्तरमा समृद्धि ल्याउन सकिएको छैन्, हामीहरुले परिवर्तन गरेको समाज लक्ष्य नभई सुधार मात्र हो, बलियो पार्टी र राजनैतिक स्थिरताले मात्र लक्षित उद्दश्यमा पुग्न सकिन्छ,अहिले मुलुकको अवस्था थप बिग्रन नदिन र मुलुकको भविश्का लागि हामीहरु सरकारमा सहभागी भई यसरी अगाडि बढेको अवस्था हो ।’ 

एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले अब सिद्धान्तलाई ब्यवहारमा जोडेर सबै नेताकार्यकर्ता उत्पादनमा जोडिनुपर्ने भन्दै कृषि र पर्यटनबाट नै समृद्धि खोज्नुपर्ने बताउनुभयो ।

अर्का पोलिटब्युरो सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर गैरेले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सफल बनाउनका लागि पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको बीचमा समन्वय र सहकार्य गरी निर्वाचनमा घोषणा गरेका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने भन्दै जनताको जीवनस्तरमा परिवर्तन गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंंडेलले जिल्ला अधिवशनले बिगतको कामको समीक्षा,आगामी कार्ययोजना साथै राजनैतिक, वैचारिक सवालसंगै जिल्लाको विकास निर्र्माण सन्दर्भमा गम्भीर छलफल गरेर नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टी केन्द्रले तयार गरेका योजना प्रदेश हुँदै जिल्लाले पालिका, वडा हुँदै टोलटोलमा पुराएर कार्यान्वयन लैजानुपर्ने जनाउनुभयो । 

कार्यक्रममा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, केन्द्रीय सदस्य बोमबहादुर बिकलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । जिल्ला अध्यक्ष पिताम्वर भुसालले एमालेविरुद्धको घेराबन्दी तोडेर पार्टीर्लाइ जीवन्त राख्नसकेको बताउनुभयो । 

अधिवेशनमा भूगोल तथा विशेष इलाका शाखा,जनवर्गीय संगठन,आयोजकसहित ५ सय ६२ जना प्रतिनिधि रहेको कार्यालय सचिव एवम् प्रतिनिधि ब्यवस्थापन समितिका संयोजक लिलबहादुर बिकले जानकारी दिनुभयो । कार्यक्रममा भूकम्पको बेला राहत उद्धारमा पार्टीका तर्फबाट खट्ने पार्टी उपसचिव शम्भुप्रसाद पोख्रेल, लिलबहादुर बिकलगायतका १४ जनालाई सम्मान गरिएको थियो । २ दिनसम्म चल्ने अधिवशनले आगामी ३ वर्षका लाग िनयाँ नेतृत्व चयन गर्नेछ ।