uml logo

नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी

image

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। सोमबार सम्पन्न मतगणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । गुरुङले २९१ मत प्राप्त गर्दा बिसीले १५४ मत मात्र प्राप्त गर्नुभएको थियो ।  निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री बिजयी हुनुभएको छ । प्रदेश सरकारका सामाजिक बिकास मन्त्रीसमेत रहनुभएका खत्रीले ३१३ मत पाउनुभएको हो । उहाँसँग प्रतिस्पर्धी रबिन्द्र लम्सालले १३४ मत पाउनुभएको छ। त्यसैगरी सचिव पदमा बलराम भट्टराई १३९ मतका साथ बिजयी हुँदा खिल प्रसाद भुसालले ११७ मत, भिम वलीले ९५ मत र दत्त आचार्यले ८८ मत पाउनुभएको छ । उपसचिव महिलामा निर्मला सुनार बिजयी हुनुभएको छ भने पुरुषमा किशोर थापा बिजयी हुनुभएको छ। 

एमाले बाँकेको जिल्ला सदस्यमा राप्ती सोनारी गाउँपालिकाबाट खुल्ला(महिला)मा यमकुमारी ओली, सदस्य खुल्ला (पुरुष) मा नरेन्द्रप्रसाद लामिछाने, मनोज केसी र विश्वराज खनाल तथा सदस्य (आदिवासी जनजाती)मा अंकित श्रेष्ठ, सदस्य(दलित)मा लिलमान दमाई, सदस्य (मधेसी)मा लालतारा (अजय गद्दी), सदस्य (युवा पुरुष)मा ज्ञानेन्द्रराज वली र सदस्य (युवा महिला)मा रिताकुमारी खत्री बस्नेत निर्विरोध निर्वाचित हुनुभएको थियो ।

नरैनापुर गाउँपालिकाबाट सदस्य (खुला महिला)मा सुनेना मिश्र, सदस्य खुला (पुरुष)मा पारशनाथ पाण्डे, सदस्य (मधेसी)मा राजकुमार तिवारी, सदस्य (युवा) मा विक्रम यादव निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।

त्यस्तै कोहलपुर नगरपालिकाबाट सदस्य (आदिवासी जनजाती महिला) मा मनिसरा श्रेष्ठ, सदस्य (मुस्लिम)मा सफी मोहम्मद गुजर निर्विरोध निर्वाचित हुनु भएको छ ।

डुडुवा गाउँपालिकाबाट सदस्य खुला (पुरुष) मा झंकबहादुर थापा र महेन्द्रबहादुर शाही, सदस्य खुला (महिला) मा सरोजकुमारी यादव, सदस्य मधेसीमा मोहनराम मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाबाट सदस्य दलित (महिला)मा रमा गहतराज विश्वकर्मा, सदस्य दलित(पुरुष)मा बुद्धिबहादुर बि (क), सदस्य युवा (पुरुष)मा मनोज विश्वकर्मा र हंसराज खनाल, सदस्य मुस्लिम (महिला)मा तलतप्रविण खान, सदस्य युवा(महिला)मा सुमन गिरी श्रेष्ठ, सदस्य (आदिवासी जनजाती जनजाती महिला) मा गंगा श्रेष्ठ निर्वाचित भएका छन् ।

जानकी गाउँपालिकाबाट सदस्य खुला (महिला)मा प्रेमलक्ष्मी हमाल, सदस्य खुला(पुरुषं मा खिमप्रकाश विष्ट, विश्राम बर्मा र रमेशकुमार बर्मा, सदस्य मधेसीमा राजकुमार धोवी, सदस्य (युवांमा हिमान्सु यादव) र सदस्य आदिवासी जनजातीमा सुरेश यादव निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खजुरा गाउँपालिकाबाट सदस्य (मधेसीं मा साविर जोलाह, सदस्य (मुस्लिम)मा जैनुल आवद्धिन खाँ, सदस्य (महिला)मा भिमसरा भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । बैजनाथ गाउँपालिकाबाट सदस्य खुला.महिला)मा कल्पना थापा, कौशिला कठायत, निर्मला मल्ल र प्रेम पुर्ण योगी, सदस्य दलित (महिला)मा मनमाया चुनारा र सदस्य युवा (महिलोमा भुमिसरा मगर निर्विरोध निर्वाचित भएका छन् ।

सदस्य जिल्ला खुला (महिला)मा उषाकुमारी भण्डारी, नन्दकुमारी बिष्ट, ममता जैसी, विजुला अधिकारी, सारा परियार र शोभा बिसी, सदस्य जिल्ला युवा (खुला)मा सुमन घिमिरे, सदस्य जिल्ला युवा (मुस्लिम)मा निसार अहमद दर्जी, सदस्य जिल्ला थारु (पुरुष)मा अर्जुन चौधरी र सदस्य जिल्ला थारु (महिला)मा कृष्णकुमारी थारु निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समितिको उपाध्यक्षमा डिल्लीराम शर्मा, लेखा सचिवमा विश्वसेन गौतम, लेखा सदस्य (महिला)मा चन्द्रकला लामिछाने, जमुना केसी र नन्दा घिमिरे तथा लेखा सदस्य (खुल्ला) मा मोतीप्रसाद भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ।