uml logo

लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि ५ बुँदे समझदारी, निर्देशक समिति गठन हुने

image

 बुटवल। केन्द्रको सत्ता समिकरणसंगै लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएको छ। बिहीबार सत्तासाझेदार दलहरूले नयाँ सरकार गठनका लागि साझा ढंगले अघि बढ्ने विषयमा सहमति जनाउँदै हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गरेका छन् ।

मन्त्रालय भागबन्डा तथा प्रदेशमा हुने राजनीतिक नियुक्ति सबैको अपनत्व हुने गरी गर्ने समझदारी गरेका हुन् । दलहरूको सहमतिअनुसार धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने विषयमा सहमति जनाएका छन् । उनीहरूले यो सहमति गरेसँगै नाउपा पछि गठबन्धनमा जोडिएको छ ।

सरकार सञ्चालनका क्रममा वजेट निर्माण, नीति तथा कार्यक्रमको प्राथमिकीकरण लगायत अन्य विषयमा समझदारी कायम गर्न एक निर्देशक समिति पनि बनाईने भएको छ ।

सहमतिपत्रमा प्रदेशको पहिचान कायम गर्ने गौरवका आयोजनाहरु, प्रदेश राजधानीको निर्माण,लुम्विनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय,प्रदेश प्रशरी समायोजन र स्थानीय सेवा निर्माण सरकार साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यान्वयन गरिने कुरालाई विशेष जोड दिइएको छ ।