uml logo

लोकतन्त्रको अभ्यासलाई गुट,फुटको बिल्ला लगाउनु अनुचित

image

बुटवल ।

  नेकपा (एमाले) लुम्विनीका अध्यक्ष राधाकृष्ण कडेलले भर्खरै सम्पन्न पार्टीको प्रथम अधिवेशनलाई लिएर विभिन्न मिडिया र सामाजिक सञ्जालमा बढाई चढाई गरी पार्टीका अध्यक्ष, उपाध्यक्ष,महासचिव, उपमहासचिव र अन्य नेताहरुको नाम जोडी पार्टीलाई गुट र उपगुटको विल्ला भिराउने नियोजित प्रचारप्रति आपत्ति जनाउनु भएको छ । 

अध्यक्ष कडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक लोकतन्त्रलाई लिएर भइरहेका यस्ता प्रचारप्रति पूर्ण रुपमा सजग र सचेत रहेको प्रसंग उल्लेख गर्दै भन्नुभएको छ– हाम्रो पार्टी नेकपा (एमाले) श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वलाई सर्वाेपरी मान्दै पार्टीको विधान महाधिवेशन, राष्ट्रिय महाधिवेशनका नीति, विचार, सिद्धान्त आत्मसात् गर्दै एकतावद्ध, शसक्त र सुदृढ पार्टी निर्माणमा हाम्रो भूमिका हुनेछ । 

कुनै पनि प्रकारको गुट, फुट र विभाजन मान्य नरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– हामी सबै नेता कार्यकर्ताहरुलाई एकतावद्ध गर्दै मिशन–०८४ र सबै तहमा कम्तिमा ५१ प्रतिशत एमाले प्रतिनिधित्व हुने प्रतिवद्धता दोहो¥याउन चाहन्छौं । 

अधिवेशन अभूतपूर्व रुपमा भब्य र सभ्य ढंगले सुसम्पन्न भएको र यसले लोकतन्त्रकोे अभ्यास कसरी गर्ने भनेर सवै पार्टीलाई सिकाएको बताउँदै यसवाट सबै कम्युनिष्ट पार्टी र अन्य बुर्जुवा सुधारवादी पार्टी समेतलाई मार्गदर्शन गरेको विश्वास ब्यक्त गर्नुभएको छ ।  

मुलुक संघीय संरचनामा गएपछि ७ प्रदेशमध्ये लुम्बिनी प्रदेशको यहि भाद्र १६–१९ मा हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) ले प्रथम अधिवेशन गरेर संघीयता लागु गर्ने क्रममा अर्काे एउटा इँट्टा थप्दै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको मूल ढोका खोल्न सकेको कुरा उहाँले विज्ञप्तिमार्फत् बताउनु भएको छ ।  

पार्टीको ऐतिहासिक पक्षबारे विज्ञप्तिमा भनिएको छ– नेपाली जनता र राष्ट्रकै गौरवशाली पार्टी नेकपा (एमाले)ले इतिहासका जुन कुनै विषय र अप्ठेरा परिस्थितिमा पनि जनता, राष्ट्र र अग्रगमनको लागि सही निकासको सहि दिशाबोध गर्न गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । हाम्रो पार्टी कथित क्रान्तिकारिता, देखावटी उदारतावादलाई पराजीत गर्दै आजको अवस्थासम्म आइपुगेको छ । २०४६ सालको जनआन्दोलन, २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र कार्यान्वयनमा पनि नेकपा (एमाले) को अब्बल भुमिका रहेको छ । 

नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको अगुवाइमा २००६ सालमा स्थापित पार्टी र उहाँद्धारा प्रतिपादित संगठनात्मक सिद्धान्त,लक्ष्य, कार्यक्रम र रणनीतिक योजनालाई कार्यान्वयन गर्न नपाउंदै नेकपाले यस शताब्दीको दोस्रो दशकको प्रारम्भमा फुट विभाजनको नमिठो पीडा सहनुपरेको प्रसंग उल्लेख गर्दै भन्नुभएको छ–

यसरी फुट विभाजनका रेखालाई मेट्ने उद्देश्य राखेर प्रमुख रुपमा संस्थापक महासचिव कमरेड पुष्पलाल, कमरेड मनमोहन अधिकारी लगायतले एकीकरणका प्रयासहरु अगाडि बढाउनुभयो । यसै शताब्दीको तेस्रो दशकको अन्तिम चरणमा नेपालको राजनीतिक क्षितिजमा वैचारिक उज्ज्वल नक्षत्रका रुपमा उदय हुनु भएका जननेता कमरेड मदनकुमार भण्डारीले नेपाल कम्युनिष्ट आन्दोलन हाँक्न प्रारम्भ गर्नुभयो । नयाँ ढंगले नेतृत्व हाकिरहनु भएका तत्कालिन नेकपा मालेका महासचिव कमरेड मदन भण्डारी (कमरेड पुष्पलालको निधन २०३५ पछि) नेतृत्व हाकिरहनु भएका सहाना प्रधान, बलराम उपाध्यायको संयुक्त समझदारीमा नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको अगुवाइमा २००६ सालमा स्थापित पार्टी र उहाँद्धारा प्रतिपादित संगठनात्मक सिद्धान्त,लक्ष्य, कार्यक्रम र रणनीतिक योजनालाई कार्यान्वयन गर्न नपाउंदै नेकपाले यस शताब्दीको दोस्रो दशकको प्रारम्भमा फुट विभाजनको नमिठो पीडा पनि सहनुप¥यो । 

विज्ञप्तिमा यस अघि भनिएको छ–

यसरी फुट विभाजनका रेखालाई मेट्ने उद्देश्य राखेर प्रमुख रुपमा संस्थापक महासचिव कमरेड पुष्पलाल, कमरेड मनमोहन अधिकारी लगायतले एकीकरणका प्रयासहरु अगाडि बढाउनुभयो । यसै शताब्दीको तेस्रो दशकको अन्तिम चरणमा नेपालको राजनीतिक क्षितिजमा वैचारिक उज्ज्वल नक्षत्रका रुपमा उदय हुनु भएका जननेता कमरेड मदनकुमार भण्डारीले नेपाल कम्युनिष्ट आन्दोलन हाँक्न प्रारम्भ गर्नुभयो । नयाँ ढंगले नेतृत्व हाकिरहनु भएका तत्कालिन नेकपा मालेका महासचिव कमरेड मदन भण्डारी (कमरेड पुष्पलालको निधन २०३५ पछि) नेतृत्व हाकिरहनु भएका सहाना प्रधान, बलराम उपाध्यायको संयुक्त समझदारीमा बनेको बाममोर्चाले कांग्रेस समेतसँग तालमेल गरी २०४६ सालमा निर्दलीय पञ्चायतका विरुद्ध आन्दोलन गरी बहुदलीय प्रजातन्त्र र बहुदलीय संविधान प्राप्त गर्न सफल भयो । त्यसपछि जननेता कमरेड मदन भण्डारी महासचिव र कमरेड मनमोहन अधिकारी अध्यक्ष रहने गरी एकीकरण भएको नेकपा एमाले हो ।

 २०५१ सालको मद्यावधि निर्वाचनमा संसदमा ८८ सीट हासिल गरी सबैभन्दा ठूलो संसदीय दलको हैसियतले मनमोहन अधिकारीको नेतृत्वमा गठित सरकारले आफ्नो गाउं आफै बनाऔं, ज्येष्ठ जागरिक सहितको सामाजिक सुरक्षा भत्ताको थालनी गरी लोक कल्याणकारी राज्यको परिचय दियो । जसलाई त्यतिखेर यस शताब्दीकै स्वर्णकाल भन्ने चर्चा हुन थाल्यो । नराम्रो काम गरेर होइन राम्रो काम गरे वापत त्यो सरकार ढालियो । त्यसरी नै २०७२ असोजमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि अध्यक्ष कमरेड केपी शर्मा ओली नेतृत्वमा गठित सरकारले क.मनमोहन अधिकारीको विकास निर्माण र सुशासनको पदचापलाई पछ्याउदै समृद्ध नेपाल एवं सुखी नेपालीको आकांक्षा पुरा गर्ने लक्ष्य सहित अगाडि बढेको थियो । सोही समयमा भारतले गरेको नाकाबन्दीका विरुद्धमा आम जनताको साथ लिएर उक्त नाकाबन्दीलाई परास्त गर्न केपी ओली नेतृत्वको सरकार सफल भयो । 

 बि.सं. २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विगतका शासकहरुले छोडी दिएको लिम्पियाधुरा, लिपुलेक, कालापानी जस्ता भूभाग समेटिएको चुच्चे नक्सा संसदबाट पारित गराई केपी ओली नेतृत्वको सरकारले नक्सा जारी गरेपछि सरकारलाई टिकाउन र समृद्धिको यात्रालाई थप वेगका साथ सञ्चालन गर्नुको साटो नेकपा पार्टीका नेता प्रचण्ड माधव नेपाल समेतलाई उकासेर सरकार ढालियो । विकास र समृद्धिको यात्रालाई रोक्ने काम गरियो । अहिले देशको वाह्य र आन्तरिक मामिला अस्तब्यस्त छ । जनतामा निराशा छाएको छ । सुन तस्करी, महंगी, भ्रष्टाचार, कुशासन, भुटानी नागरिक बनाएर नेपालीलाई बेच्ने जस्ता कुकृत्य सरकारले गर्दैछ । 

विज्ञप्तिको अन्त्यमा भनिएको छ– यो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुने प्रमुख अतिथि र सबै अतिथि कमरेडहरु, प्रतिनिधि कमरेडहरु, अध्यक्ष मण्डल, निर्वाचन आयोग, बहस नोट कमिटी, माइन्युट लेखन कमिटी लगायत यो अधिवेशनलाई भब्य र सभ्य ढंगले सफल गराउन विभिन्न उपसमितिमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने कमरेडहरु, स्वयंसेवक कमरेडहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी मित्रहरु, खाना तथा आवासको ब्यवस्था गर्ने होटल ब्यावसायी मित्रहरु, हल उपलब्ध गराउने अन्तराष्ट्रिय सम्मेलन केन्द्रका मित्रहरु, अन्य विभिन्न सहयोगीहरु एवं आम दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । दक्षिपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौं, जवजको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपाली बनाउन तथा समाजवादका आधारहरु निर्माण गर्दै समाजवादका लक्ष्य प्राप्त गर्न अघि बढौं ।