uml logo

एमाले रूपन्देहीका सबै पद सर्वसम्मत, अध्यक्षमा यज्ञ गैरे

image

रूपन्देही ।

नेकपा एमाले रुपन्देहीको १० औं अधिवेशनबाट सबै पद सर्वसम्मत चयन भएको छ । अधिवेशनबाट अध्यक्षमा यज्ञ गैरेसहित सबै पदमा सर्सम्मत भएको अध्यक्ष मण्डलका संयोजक तथा एमाले पोलिटब्यूरो सदस्य दलबहादुर रानाले जानकारी दिनुभयो । 

उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिव खुल्लामा बाबुराम पन्थी र महिला उपसचिवमा सुनिता ठठेटेर सर्वसम्मत हुनुभएको हो । 

पदाधिकारीसहित १५१ सदस्य सबै निर्विरोध भएको रानाले बताउनुभयो । 

शुक्रबार घोषणा सभामा पार्टी केन्द्रीय सचिव छविलाल विश्वकर्माले रुपन्देहीबाट नेतृत्व सर्वसम्मत छनौटले सबैतिर सकारात्मक सन्देश दिएको बताउनुभयो । कार्यक्रममा प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, खिमलाल भट्टराई लगायतले शुभकामना दिनुभएको थियो । नवनिर्वाचित कमिटीलाई जेठ ३२ गते एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा बुटवलमा सपथग्रहण गराइने कार्यक्रम रहेको निर्वाचन मण्डलका संयोजक रानाले बताउनुभयो । 

सम्मेलनले २१ बुँेदे समसामयिक प्रस्ताव पास गरेको छ । समसायिक प्रस्ताव मस्यौदा कमिटीका संयोजक डी.आर.घिमिरे सदस्यहरु मोहन चापागाई, दीपक ज्ञवाली, अमृत गिरीले तयार गरेको पेश गरेको प्रस्ताव सर्वसम्मतले पास गरेको हो । 

यस्तो छ नवनिर्वाचित अध्यक्ष यज्ञ गैरेको इतिहास

विक्रम सम्वत २०३० सालमा गुल्मीको तत्कालीन रुपाकोट हाल चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ मा छबिलाल गैरे र जमुना गैरेको जेष्ठ सुपुत्रको रुपमा जन्मिनुभएका यज्ञ गैरे २०४८ सालमा रुपन्देही झर्नभएको हो । विक्रम सम्वत २०४३ सालमा अनेरास्ववियु एकता पाँचौंको सदस्यता लिनुभएका उहाँले अनेरास्वयिुको केन्द्रीय सदस्य भइ २०५५ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापति भइ स्ववियु काउन्सिलको केन्द्रीय कोषाध्यक्ष बन्नुभएको थियो । 

२०४८ सालमा एमालेको पार्टीको संगठित सदस्यता लिनुभएका गैरे पार्टीको क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य हुँदै नवौं अधिवेशनमा रुपन्देही जिल्ला सचिव बनेर भूमिका निर्वाह गर्नुभएको थियो । 

नवनिर्वाचित अध्यक्ष गैरे यसअघि छत्तिस मौजा सामुदायिक सिंचाई प्रणालीको अध्यक्ष, सोह्र छत्तिस संयुक्त सिंचाई प्रणालीको सभापति, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको केन्द्रीय उपाध्यक्ष, करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षको समेत नेतृत्व सम्हालिसक्नुभएको छ । 

किसान आन्दोलनमार्फत समाज रुपान्तरणमा जोडिनुभएका गैरे निर्वाहमुखी कृषिको व्यवसायीकरणको लागि राजनीतिक र सामाजिक क्षेत्रमार्फत अग्रसर रहनुभएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा स्थायी बसोबास गर्दै आउनुभएका गैरेले १५१ सदस्सीय नयाँ जिल्ला कमिटीको नेतृत्व गर्नुहुनेछ । 

अध्यक्षमा निर्वाचित भएपछि गैरेले संगठन सुदृढीकरणमा जोड दिने, कार्यकर्ताको मन मिलाएर एकीकृत भावनाका साथ अगाडि बढाउने, मिसन ८४ मा रुपन्देहीमा एमालेलाई पहिलो नम्बरको पार्टी बनाउने, पार्टीको जिल्ला कार्यालय निर्माण गर्ने, सबै कार्यकर्तालाई योग्यता क्षमताअनुसार जिम्मेवारी दिने गरी कार्यकर्तामाझ प्रतिवद्धता जनाउनुभएको छ । 

((((((((((