uml logo

एमालेमा कुनै गुटवन्दी छैन ः महासचिव पोख्रेल

image

बुटवल। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै विवाद नरहेको बताउनुभएको छ ।

शनिवार बुटवलमा एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले केही दिनयता केही मिडियामा आएका अनावश्यक टिप्पणीको कुनै अर्थ नभएको बताउनुभएको छ।

एमाले भित्र विवाद देखाएर केही व्यक्ति रमाए पनि त्यसमा कुनै सत्यता छैन, महासचिवले भन्नुभयो । 

‘लुम्बिनीमा एमाले बलियो देखेर केही शक्तिले यस्तो प्रचार गरेका हुन्, यसमा कुनै सत्यता छैन, एमाले बलियो बनाउन विष्णु पौडेल र मेरावीच कुनै विवाद छैन भन्दै उहाँले यो अफवाह चिर्न हामीले लुम्बिनीबाट सन्देश दिनेछौँ, आम कार्यकर्तामा यो मेरो प्रतिबद्धता हो’ भन्नुभयो । 

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले सुर्खेतमा एमालेभित्र ठूलो पहिरो जाने बताएको प्रसंग उल्लेख गर्दै पोखरेलले अब एमालेमा होइन माओवादी केन्द्रमा ठूलो पहिरो जाने समय आएको बताउनुभयो ।

अब देशमा माओवादीजस्ता कम्युनिष्ट पार्टीहरू आवश्यक नभएकाले माओवादी कार्यकर्तालाई एमालेमा आउन आह्वान गर्नुभयो । 

देशमा अब धेरै पार्टी आवश्यक नभएको र देशको सम्वृद्धिका लागि माओवादीसहित अन्य दलमा रहेका व्यक्तिहरू एमालेमा आएर वलियो शक्ति निर्माण गर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । 

एमालेविरुद्ध सत्तारुढ दलको गठबन्धनले दुनियाँलाई आश्चर्यमा पारेको बताउँदै पार्टीभित्रको लोकतन्त्रमा एमाले सबैभन्दा अगाडि रहेको तथ्य प्रस्तुत गर्नुभयो।

मिसन ०८४ को नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गर्नुहुनेछ ।