uml logo

एमाले रुकुमपूर्वको अधिवेशन शुरु, मुलुकका हरेक परिवर्तनको नेतृत्व एमालेबाटः सचिव पद्मा अर्याल

image

रुकुमकोट । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले मुलुकका हरेक परिवर्तनको नेतृत्व आफ्नो पार्टीबाटै भएके र एमालेले अंंगालेको नीति, विचार र अडानका कारण आज मुलुक सहि बाटोमा हिंड्न सकेको बताउनुभएको छ । बिहीबार नेकपा एमाले रुकुमपूर्वको नवौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सचिव अर्यालले देशका मुख्य आन्दोलन एमालेकै अगुयाई र योजनामा सफल भएको बताउनुभयो । ‘२०४६–०४७ सालको आन्दोलनमा खेलेको भूमिका होस् कि २०५२ सालदेखि सुरु भएको युद्ध ठिक होइन, शान्तिपूर्ण आन्दोलनबाट राजतन्त्र हटाउनुपर्छ भन्ने विचार होस् वा २०६२–०६३ सालको जनआन्दोलनमा नेकपा एमालेको नीति र विचार अनुसार नै सफल भएको हो, यसबाट प्रष्ट हुन्छ कि हरेको आन्दोलनको नेतृत्व र अगुवाई हाम्रो अगुवाईमा भएको छ’ उहाँले भन्नुभयो । 

इन्चार्ज अर्यालले नेकपा एमाले पहिचान विरोधी नभएको र सबै जाति,भाषा, लिङ, धर्म, संस्कृति, धार्मिक सहिष्णुतासहितको सद्भाव र एकता कायम हुने गरी एकताबद्ध समाज र राष्ट्र निर्माण हुनुपर्छ भन्ने विचारले अघि बढेको बताउनु भयो । ‘नेपालको संविधान आफूले भने अनुरुप नभएको भन्दै भारतले गरेको नाकाबन्दी भोग्नुपरेको इतिहास कसैले बिर्सेको छैन, इतिहास सहि ढंगले भुझ्नु पर्ने र कसको पालामा के भयो भन्ने कुरालाई ध्यान दिन जरुरी छ’ उहाँले भन्नुभयो । 

तस्वीरहरुः वालकृष्ण पाण्डे

सचिव अर्यालले राजनीतिक अस्थिरताका कारण आज आमजनता निराश हुनुपरेको बताउँदै जसको थोरै सीट छ त्यसैको नेतृत्वमा सरकार बन्ने प्रवृत्तिले राष्ट्रलाई थप कमजोर बनाउने बताउनु भएको थियो । उहाँले जनताका आशाहरुलाई नेकपा एमालेले कुनै हालतमा कुण्ठित हुन नदिने बताउँदै नेकपा एमालेका कार्यकर्तालाई आन्तरिक प्रतिस्पर्धा नभई एमाले विरुद्धको मोर्चाबन्दी र घेराबन्दी जोड्ने कार्यमा एकतावद्व भएर लाग्न आग्रह गर्नुभएको थियो ।

एमाले रुकुम पूर्वको नवौं जिल्ला अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय पोलिटब्यूरो सदस्य खेममान खड्काले बिगतका दिनको समीक्षा र आगामी कार्ययोजना बनाउने यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको इतिहासलाई पनि कायम राख्ने बताउनुभएको थियो । उहाँले नयाँ जोस जाँगरका साथ नयाँ नेतृत्व एकमना एकताका साथ बन्ने र भोलिको चुनौतीको सामना गर्न सक्ने नेतृत्व चयन हुने कुरामा जोड दिनुभयो । 

उहाँले मुलुकमा राजनीतिक अस्थिरता अन्त्यका लागि दुई कित्ताको राजनीतिक धु्रविकरण आवश्यक रहेको धारणा राख्नुभएको छ। 

अधिवेशनमा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नेकपा एमालेले विकास निर्माणदेखि गुमेको राष्ट्रको जमिन फिर्ता गराउने, रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान केन्द्रीत गराउँदै आएको बताउनुभयो। उहाँले नेकपा एमाले दलित जनता, गाउँमा बस्ने गरिव जनता, श्रमजीवी जनताको पार्टी भएको बताउँदै मुलुकको सर्वाधिक लोकप्रिय पार्टी भएको र यसलाई अझ बलियो बनाउन अब बन्ने नेतृत्वको ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा रुकुम पूर्व इन्चार्ज नवीन रोकामगर, केन्द्रीय सदस्य यमुना रोका, केन्द्रीय सल्लाहकार नन्दलाल शर्मा, छिमेकी जिल्ला रोल्पा अध्यक्ष अमृत बुढा, रुकम पश्चिम अध्यक्ष नन्दराम देवकोटालगायतले सम्बोधन गर्नु भएको थियो । जिल्ला अध्यक्ष टोपबहादुर ओली अध्यक्षता, गोपाल रेउलेको संचालनमा भएको कार्यक्रममा स्वागत भावना बुढाथोकीले गर्नुभएको थियो ।