uml logo

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती सर्वसम्मत

image

रुपन्देही । 

नेकपा एमाले पाल्पाको १० औं अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तिमगर सर्वसम्मत निर्वाचित हुनुभएको छ। केन्द्रीय निर्वाचन कमिटीका सदस्य डा. हरि भण्डारीका अनुसार अधिवेशनबाट उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज) उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जिसी सर्वसम्ममत चयन हुनुभएको हो। पाल्पामा १०१ सदस्यीय जिल्ला कमिटी चयन भएको हो। अधिवेशनको शुक्रबार एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो । 

निस्दी गाउँपालिकाबाट खुलातर्फ नर बहादुर सुनारी, नविन्द्र थापा सोती, टुक बहादुर सोती, मेखबहादुर सुनारी तथा महिलामा तिरन कुमारी श्रेष्ठ, युवामा प्रितम आले र युवा महिला बाट खमीसरा पुलामी रहेका छन । 

रामपुर नगरपालिकाबाट खुलातर्फ किर्तिनाथ श्रेष्ठ, लक्ष्मण प्रसाद भण्डारी, त्रिलोचन अधिकारी, केशव राज पोखरेल, नेत्र बहादुर गाँहा, जगत बहादुर मल्ल र गणेश प्रसाद घिमिरे तथा महिला तर्फ कल्पना ओस्ती, विन्दु श्रेष्ठ, युवा तर्फ जनक भण्डारी, महिला युवा तर्फ बन्दना पोखरेल रहेका छन् । 

तानसेन नगरपालिका बाट एमाले जिल्ला कमिटीमा निर्वाचित हुनेहरुमा खुलातर्फ नन्दलाल भुषाल, महेश लाल बज्राचार्य, रामलाल श्रेष्ठ, राजेश कुमार अर्याल, लोचन तिमिल्सीना, सिताराम घिमिरे, ठाकुर विक र महिलामा विना खत्री क्षेत्री, संगिता थापा र कल्पना भण्डारी, युवामा गोकुल पौडेल, युवा महिलामा विमला पौडेल चयन भएका छन् । 

यसैगरी पुर्वखोला गाउँपालिकाबाट खुला तर्फ मेयर सिहं थापा, नविन आचार्य, विवेक शर्मा र यम कुमार राना र महिलामा बर्षा राना तथा युवामा जीवन थापा चयन भएका छन् । 

रम्भा गाउँपालिकाबाट खुला तर्फ कृष्ण प्रसाद रेग्मी, खुमाकान्त बस्याल र उमानसिंह सारु तथा महिलामा राधाकुमारी श्रेष्ठ र युवामा विजय रानाभाट छन् । 

उता माथाँगढीको गाउँपालिकाबाट खुला तर्फ पुर्ण बहादुर सारु, शंकर दर्लामी, यम बहादुर चिदी, तुल्सीराम भुसाल र महिलामा विष्णु मायाँ लुङ्कचे, युवामा तेज बहादुर घर्ति मगर छन् । 

तिनाउँ गाउँपालिकाबाट खुला तर्फ यादव प्रसाद अर्याल, इन्द्रा कुमारी चिदी र महिलामा गोमा भण्डारी र युवाामा कृष्ण पाण्डे छन् । 

बगनासकाली गाउँपालिकाबाट खुला तर्फ मुक्तिराम शर्मा, धर्मराज अधिकारी, केशव बहादुर रायमाझी, ढकेश्वर बस्याल र बल बहादुर गाँहा तथा महिलामा खुमादेवी भट्टराई, युवामा प्रेम बगाले, महिला युवामा विमाला पन्त बस्याल छन् । 

रिव्दीकोट गाउँपालिकाबाट खुला तर्फ नारायण बहादुर भाट, इन्द्र बहादुर कुवँर, प्रदिप आचार्य र झविन्द्र प्रसाद गैरे, महिलामा लक्ष्मी खनाल, युवामा शेर बहादुर राना छन । 

यसैगरी रैनादेवी छहराबाट खुला तर्फ मोहनीलाल पोखरेल, कमल प्रसाद घिमिरे, यात्री गाहा र ज्ञान प्रसाद भण्डारी, महिलामा इन्द्रा पचभैया, युवामा रोशन बुढा र महिला युवामा रिता शर्मा छन । 

महिला खुलामा भागिरथी भट्टराई, लक्ष्मी ज्ञवाली, गिता भट्टराई, घिमिरे, कुविजा बस्याल अर्याल रहेका छन । यसै गरी मजदुरबाट गंगा बहादुर घर्तिमगर, अपाङ्ग महिलाबाट मुनादेवी नेपाल, अल्पसंख्यकबाट पदम कुमाल, मुस्लिम महिलाबाट रोजिरन खातुन निर्वाचित भएका छन् । 

प्रदेश निर्वाचन क्षेत्र अनुसार जनजाती तर्फको पुरुषमा विष्णु बहादुर सारु, खेम बहादुर सारु, नविन थापा र नल बहादुर सूर्यवंशी महिला तर्फबाट हिरुसरा राना, ललिता दर्लामी, सरस्वती चिदी र सावित्रा गुरुङ तथा खुला दलित पुरुषतर्फ टिका सुनार, विर विक्रम सुनार, विनोद प्रसाद बुढाप्रिती, बुद्धिमान सुनार र महिला तर्फ बोम कुमारी परियार दमै, केशरी लोहनी विक, सिता विक, विष्णुमाया बोहोरा रहेका छन् ।