uml logo

एमाले जनसंगठनहरुले वार्षिक कार्ययोजना तयार गर्ने

image

बुटवल

नेकपा(एमाले) लुम्विनीको जनसंगठन समन्वय संयन्त्रको तेश्रो वैठकले सम्पूर्ण जनसंगठनहरुले वैशाख १५ गते भित्र आ– आफ्नो संगठनको वार्षिक कार्ययोजना तयार गर्ने निर्णय गरेको छ । वैठकले २०८१ असार र साउनलाई प्रशिक्षण महिना बनाई सवै जनसंगठनहरुले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र जिल्ला तथा पालिकास्तरका सम्मेलनसमेत गर्ने निर्णय गरेको छ ।

जनसंगठनहरुमध्ये नेपाल उद्योग तथा ब्यावसायी माहसंघको अधिवेशन गर्न बाँकी रहेकोले वैशाख भित्रै सम्पन्न गर्ने निर्णय भएको छ ।

त्यस्तै सवै जनसंगठनहरुले कमिटीहरुको विवरण भरी वैशाख ७ गतेभित्र पार्टीको प्रदेश कार्यालयमा बुझाउने भएका छन् ।

वैठकमा १६ वटा जनसंगठनका इन्चार्जहरुले संगठनको विवरण प्रस्तुत गर्नुका साथै सवै संगठनहरुलाई सक्रिय र क्रियाशील बनाउन विभिन्न निर्णयहरु भएका छन् ।

पुष्पलाल भवन बुटवलमा सम्पन्न वैठकमा प्रमुख अतिथि पार्टी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले जनसंगठनको नेतृत्व गर्ने कमरेडहरुले पार्टी नीति अनुरुप संगठनको सिमा भित्र रहेर कमा गर्न निर्देशन दिुनभयो । उहाँले प्रदेश कमिटीबाट जिम्मा लिनुहुनेहरुले समन्वयको भूमिका निर्वाह गर्नु र हरेक संगठनका समस्याको पहिचान गर्ने र समाधानका लागि पहल गर्ने काममा सक्रिय हुन पनि सुझाव दिनुभयो ।

जनसंगठन संयोजक लक्ष्मण आचार्यको अध्यक्षतामा वसेको वैठकको सञ्चालन सहसंयोजक नरेश भण्डारीले गर्नुभएको थियो ।

सो अवसरमा जनसंगठन संयन्त्रका केन्द्रीय संयोजक तथा पार्टी केन्द्रीय सदस्य भूमिश्वर ढकालले पार्टीको लागि जनसंगठनहरु पिल्लर भएकोले तदनुसारको काममा जुट्न आग्रह गर्नुभयो ।

वैठकमा प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, उपसचिव लीला रानासमेतले जनसंगठनको भूमिकावारे प्रशिक्षणमूलक मन्तब्य प्रकट गर्नुभएको थियो ।