uml logo

लुम्बिनीमा नेकपा (एमाले)ले एकैपटक लियो पार्टी सदस्यको परीक्षा

image

बुटवल ।

नेकपा(एमाले) लुम्विनी प्रदेश संगठन कमिटीले सोमवार एकै दिन सवै जिल्लाका पार्टी सदस्यहरुलाई आधारभूत तहको परीक्षा लिएको छ । पार्टी कार्यकर्ताहरु वैचारिक रुपले स्पष्ट हुन सकुन्, अध्ययनप्रति रुचि जागोस्, पार्टीले लिने वैचारिक प्रशिक्षणप्रति उत्साही हुन सकुन् भन्ने उद्वेश्यले यस प्रकारको कार्यक्रम राखिएको पार्टी अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो ।

प्रदेश पार्टीको स्कुल विभागले राखेको यो कार्यक्रम एकै दिन एकै समयमा १२ वटै जिल्लामा राखिएकोले प्रभावकारी हुन सकेको विश्वास पनि कँडेलले ब्यक्त गर्नुभयो ।

पहिलो पटक सदस्यहरुलाई क्रियाशील बनाउन यसखालको प्रकृया थालिएको र सबै क्षेत्रमा उत्साहपूर्वक सहभागिता भएको कंडेलले बताउनुभयो । तर सबै सदस्यहरुमध्ये कति सहभागी भएनन् भन्ने तथ्यांक अझै निकालि नसकेको उहाँको भनाइ छ । 

प्रचार विभाग प्रमुख डी.आर. घिमिरेले यो परीक्षा पूर्व तयारीस्वरुप भएको भएपनि यस अनुभवका आधारमा आगामी दिनमा व्यवस्थित हुँदै जाने वताउनुभयो । यसको मूल भावना कार्यकर्तामा वैचारिक जिज्ञासा बढाउने हो, जुन हुन सकेको छ, उहाँले भन्नुभयो ।

यस कार्यक्रमले आगामी दिनमा स्कुल विभागले सञ्चालन गर्ने प्रशिक्षणमा कुन तहको प्रशिक्षण दिनुपर्ने भनी सन्देश दिन सकेको धारणा पार्टी उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले वताउनु भयो ।