uml logo

अनेरास्वियु लुम्बिनी प्रदेशको अध्यक्षमा सन्तोष बाठा

image

बुटवल । अनेरास्वियु लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनबाट अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित हुनुभएको छ । शुक्रबार रातभर बुटवलमा भएको अधिवेशनबाट बाठासहितको टीम सर्वसम्मत चुनिएको हो ।

अधिवेशनबाट उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी सचिवमा रमेश ढकाल सहसचिवमा मनिषा ज्ञवार्ली र शोभाखर गिरी, कोषाध्यक्षमा अन्जित खनाल निर्वाचित हुनुभएको छ । 

त्यसैगरी कार्यालय सचिव तथा संगठन विभाग प्रमुखमा हेमन्त घिमिरेसहित ५१ सदस्य सर्वसम्मत निर्वाचित भएका हुनुभएको हो् । शुक्रबार उद्घाटन भएको अधिवेशन रातभरको तयारीपछि शनिबार बिहान सर्वसम्मत घोषणा गरिएको थियो । एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्लले निर्वाचित नेतृत्वको घोषणा गर्दै पार्टीले बनाएका योजना कार्यान्वयनमा पूर्णरुपले लाग्न निर्देशन गनुभएको थियो ।

शुक्रबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, पूर्वकेन्द्रीय अध्यक्ष तथा एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।