uml logo

अर्थतन्त्रका सूचक सकारात्मक छन्ः अर्थमन्त्री पौडेल

image

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको बताउँदै मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको वताउनु भएको छ । 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक ईण्डिकेटरहरु सकारात्मक देखिएको बताउनु भएको छ मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै स्थिरता, विकास र समृद्धिको लागि संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले एक ठाउँमा आएको बताउनु भयो ।

 स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारा सहित बनेको यो सरकार संसदको बाँकी अवधिको पुरा कार्यकाल जाने वताउँदै बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणको समेत ट्रान्जिट भएकाले राम्रो सम्भावना रहेको विश्वास ब्यक्त गर्नुभयो। उहाँले यहाँका उद्योगी व्यवसायीलाई तत्कालै केही भएन भनेर मन साँघुरो नबनाउन समेत आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले राष्ट्रिय अभिभार पुरा गर्न र आफू निर्वाचित भएको क्षेत्रको विकास र समृद्धिका लागि समेत आफू प्रतिवद्ध रहेको बताउँदै निर्माणाधिन बुटवल–नारायणगढ सडक छिटै पुरा हुने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा निर्माण हुँदै गरेको सुरुङमार्ग छिटै ब्रेक थ्रु हुने बताउँदै पूर्वपश्चिम राजमार्गको तिनाउमा सिग्नेचर ब्रिज, बुटवल–दाङ सडकको स्तरोन्नती, बुटवलको चौराहा गोलपार्क सडकको निर्माण पुरा हुँदा बुटवलको रौनक अर्कै हुने विश्वास व्यक्त गर्नुभयो ।