uml logo

पूर्वनिर्धारित सबै कार्यक्रम रोकेर राहत र उद्दारमा लाग्न एमालेका सबै नेता कार्यकर्तालाई निर्देशन

image

बुटवल । 

नेकपा एमालेले बाढी पहिरो र डुबानबाट प्रभावित भएका सबै प्रदेश जिल्ला र मातहतका पार्टी कमिटीहरुले निर्धारित कार्यक्रम स्थगन गरी खोज उद्दार र राहतका काममा लाग्न सबै पार्टी कार्यकर्तालाई निर्देशन गरेको छ । पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयको आकस्मिक बैठकले यस्तो निर्णय गरेको जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । पूर्वनिर्धारित सबै कार्यक्रम रोकेर सबै नेताकार्यकर्तालाई बाढी, पहिरो र डुबानको उद्दारमा लाग्न निर्देशन दिएका पोखरेलले जनाउनुभएको छ । बैठकले बेपत्ताहरूको खोजी र उद्धार, पीडितलाई राहत र आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।  

चाडपर्वको नजिक ठूलो प्राकृतिक विपत्तीको सामना गर्नुपरेको उल्लेख गर्दै एमालेले भत्किएका पुल, सडक, विद्युत लाइन र खानेपानी मर्मत गर्न र नेपाललाई तिब्बतसँग जोड्ने अरनिको राजमार्गको लार्चाको पुल, वीपी राजमार्गको पुल, मदन भण्डारी राजमार्गका पुल पुनर्निर्माण गर्न माग गरेको छ । ुबाढी, पहिरो र डुबानका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, ईलाम, महोत्तरी, सप्तरी लगायतका जिल्लामा बाढी पहिरो र डुबानमा परी सयभन्दा बढीको ज्यान गएको छ । हालसम्म प्राप्त विवरण अनुसार एक सय जनाभन्दा बढी बेपत्ता भएको र सयौंको संख्यामा घाइते भएका छन् । यसैगरी विद्युत, खानेपानी, सडक, पुलजस्ता सार्वजनिक सम्पत्ति र व्यक्तिको निजी घर र सम्पत्तिको ठूलो क्षति भएको छ,ु एमालेको निर्णयमा भनिएको छ, ुविपदको यस दुःखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारलाई राहत दिन, बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधिउपचार गर्न र घरबारविहीनहरूको तत्काल खोज, उद्धार, राहत र आवासको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’