uml logo

जनसम्पर्क सल्लाहकारमा रामवहादुर राउत नियुक्त

image

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनसम्पर्क सल्लाहकारमा रामवहादुर राउतलाई नियुक्त गर्नु भएको छ । 

पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ निवासी अधिवक्ता डा. रामबहादुर राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नु भएको हो । मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्वन्धि ऐन, २०७५ अनुसार राउतलाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको हो । 

सकारात्मक सोंच विस्तार अभियानका अभियान्ता रउतले समाजशास्त्रबाट योजना तर्जुमामा विद्यावारिधि तथा ग्रामिण विकासमा स्नातकोत्तर गर्नु भएको छ । अधिवक्ता राउतलाई मुख्यमन्त्री आचार्यले भदौ १५ गतेदेखि लागु हुनेगरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नु भएको हो ।