uml logo

लुम्बिनीका विवादास्पद मन्त्री कुर्मीको राजीनामा स्वीकृत

image

बुटवल, भदौ २६। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विवादास्पद बन तथा बतावरण मन्त्री बादशाह कुर्मीको राजिनामा स्वीकृत गर्नु भएको छ । मुख्यमन्त्री आचार्य समक्ष कुर्मीले बुधवारबाट लागु हुनेगरी मंगलबार दिउँसो राजिनामा पत्र बुझाउनु भएको थियो । मुख्यमन्त्री आचार्यले वन तथा वातावरण मन्त्री कुर्मीले बुझाएको राजिनामा बुधवार स्वीकृत गर्नु भएको हो ।

बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको बन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको थियो । मन्त्रीमा नियुक्त भएदेखिनै उहाँकाबारेमा मानव अधिकारकर्मीहरुले बिरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपको छानविनको लागि मार्ग प्रसस्त गर्न मन्त्री पदबाट राजिनामा दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवी खान लगायतले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै राजधानी केन्द्रीत प्रदर्शन गर्दै आएका थिए ।