uml logo

इत्तेहात संगठन लुम्बिनी प्रदेशको नेतृत्वमा शकिल अहमद खाँ

image

बाँके, भदौ, ७

नेपाल मुस्लिम इत्तेहात संगठनको प्रथम लुम्बिनी प्रदेश अधिवेशन भाद्र ७ गते नेपालगन्जमा सम्पन्न भयो । अधिवेसनले बाँकेका शकील अहमद खाँ अध्यक्षतामा ३५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको छ । यसैगरी उपाध्यक्षमा अनवर मोहम्मद ससलमान, सचिवमा अबजल अति, उपसचिबमा नग्मा सिद्धिकी निर्वाचित भएका छन् । 

अधिवेसनको उद्घान नेकपा(एमाले) केन्द्रीय सदस्य एवम नेपाल मुस्लिम इत्तेहात संगठनका केन्द्रीय अध्यक्ष शेराज फारुकीले गर्नुभएको थियो । 

सो अवसरमा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य एवम बाँके जिल्ला इन्चार्ज खेममान खडका, नेकपा  (एमाले) केन्द्रीय सदस्य एवम संगठनका केन्द्रीय उपाध्यक्ष मोहमद हारुन हलुवाई, नेकपा (एमाले) का केन्द्रीय सदस्य भूमिश्वर ढकाल, नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य ढकाल, शान्ति ढकाल, लगायतका नेताले अधिवेशनको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

अधिवेशनको अवसरमा बाँके जिल्लामा नेकपा(एमाले) राजनीतिक आस्था, समाज परिवर्तनको अभियान लगायतका विषयमा योगदान गरेका एमाले नेता देवराज भार, करिम खाँ लगायत अगुवा व्यक्तिलाई सम्मान गरिएको थियो । अधिवेशनमा लुम्बिनी प्रदेशमा मुस्लिम समुदायको बसोबास रहेका विभिन्न जिल्लाबाट प्रतिनिधि आएका थिए । नेपाल मुस्लिम इत्तेहात संगठन नेकपा (एमाले)को जनसंगठन हो । कार्यक्रममा विभिन्न जिल्लाबाट आएका अतिथि र प्रतिनिधि गरी २ सयभन्दा बढिको सहभागीता रहेको थियो ।