uml logo

एमाले प्यूठानले प्रदेश अधिवेशनका लागि प्रतिनिधि छान्यो

image

प्यूठान, भदौ 

प्यूठान, नेकपा (एमाले) प्यूठानले लुम्बिनी प्रदेश अधिबेशनका लागि प्रतिनिधि छनौट गरेको छ । प्रथम अधिवेशनका लागि प्युठानका ९ वटै पालिकाबाट प्रतिनिधि छनौट भएका हुन। यहि भाद्र १६ र १७ गते बुटवलमा हुने अधिवेशनको लागि प्यूठान जिल्लाबाट सर्वसम्मत प्रतिनिधि छनौट गरेको नेकपा (एमाले)प्यूठानले जनाएको छ । 

अधिवेशनमा प्यूठान जिल्ला अन्तर्गत् प्युठान नगरपालिकाबाट तुल्सीराम शर्मा, विजय विराज विष्ट, मधुर शर्मा ,नेहर सिंह के.सी,नेगन सिंह कँवर ,लक्ष्मी प्रकाश राज भण्डारी , विष्णुराज बि.सी , भगवता खड्का, प्रसुजता अधिकारी, पवित्रा जि.सी र कमला नेपाली छनोट हुनुभएको छ ।

 स्वर्गद्वारी नगरपालिकाबाट नेत्र वहादुर रोकाय, हिरामणि भण्डारी, नृपेन्द्र रोकाय, राम प्रसाद श्रेष्ठ, गोमा रेग्मी, पार्वता के.सी र रेखा परियार, मल्लरानी गाउँपालिकाबाट सुमन बुढा, दीपा घर्ती, पशुपति नारायण नकर्मी, रामचन्द्र के सी, सुनिल शाही (लेकाली), ईश्वरा आचार्य र किरण सुनार, नौबहिनी गाउँपालिकाबाट हरिप्रसाद रिजाल , विष्णुबहादुर के सी, अजय सिंह, डिल बहादुर थापा, शेरबहादुर सेन, बेगम विश्वकर्मा, शिवराज सापकोटा, बिष्णा के सी, ज्ञानी गिरी र सुशिला सुनार छनोट हुनुभएको छ ।

  त्यस्तै ऐरावती गाउँपालिकाबाट सुरेश चन्द्र थापा, कमला ज्ञवाली र शेरबहादुर सुनार, झिमरुक गाउँपालिकाबाट मोहन जि.सी, मान बहादुर जि.सी, मेख बहादुर नेपाली, ईन्द्रमणी पोखरेल, चन्द्रमाया रायमाझी खड्का र यमुना जि.एम, माण्डवी गाउँपालिकाबाट माधव शर्मा, श्रीधर रोका, सम्झना घर्ती र अम्विका बराली, सरुमारानी गाउँपालिकाबाट धन बहादुर रायमाझी, झग बहादुर विश्वकर्मा, मोहम्द हलिम हलुवाई, वसन्त जि सी र माया सोमै मगर छनोट हुनुभएको छ । 

गौमुखी गाउँपालिकाबाट जुमान सिंह जि.सी, तुकबहादुर के सी, नर्मता बुढाथोकी र गनबहादुर वि. क छनोट हुनुभएको छ भने उद्योग व्यवसायीको तर्फबाट सरिता थापा र महिलाको तर्फबाट ज्ञानुमाया के.सी छनौट हुनुभएको छ ।