uml logo

युवा संघ रुपन्देहीको वैठकले कार्य बिभाजन गर्यो

image

बुटवल,

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको १२ औं पदाधिकारीले वैठकले सुर्दशन खाम्चा, खिमानन्द पाण्डे (राजु), विष्णु गिरी, रमेश खरेल, अब्दुल्लाह मुसलमान, सुरज कौशल, मन्जुर अलि देवान र विनोद ठाकुरलाई जिल्ला कमिटीमा मनोनयन गरेको छ । वैठक जिल्ला अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा बसेको थियो ।

वैठकले सुमन पन्थलाई रुपन्देही क्षेत्र न. ४ संयोजक र खगेन्द्र चौलागाईलाई प्रकाशन विभाग प्रमुखको जिम्मेवारी सुम्पेको छ ।

अन्यको कार्य विभाजन अनुसार विकास बस्नेत–बुटवल उपमहानगरपालिका, दीपक खड्की–लुम्बिनी सांस्कृतिक, गैडहवा र कञ्चन गाँउपालिका, दीपेश कडेल–तिलोत्तमा, ओमसतिया र मर्चवारी गाँउपालिका, नवराज मल्ल–सिद्घार्थनगर, मायादेवी र रोहिणी गाँउपालिका, मधु श्रेष्ठ–देवदह, शुद्धोधन र समरीमाई गाँउपालिका एवं नारायण थापा–सैनामैना, सियारी र कोटहीमाई गाँउपालिकाको जिम्मेवारी तोकेको छ ।

वैठकले पालिका इन्चार्ज र पालिका अध्यक्षसंगको परामर्शमा पालिकास्तरमा बैठक आयोजना गर्ने, आगामी तेस्रो पूर्ण बैठकले परिभाषित जिम्मेवारी सहित सचिवालय सदस्य र सदस्यहरुलाई वडाहरुमा उत्प्रेरकको जिम्मेवारी प्रदान गर्ने, पुष मसान्त सम्म सबै वडाहरुको अधिवेशन सम्पन्न गर्ने, पुष मसान्त सम्म पालिका कमिटीले कम्तिमा पनि २ वटा रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने निर्णय पनि गरेको छ ।

यस्तै वैठकले पार्टी जिल्लाको जनसंगठन समन्वय संयन्त्रको निर्णय बमोजिम युवा संघ जिल्ला कमिटी सदस्य र पालिका पदाधिकारीहरुलाई सहभागी गराई जिल्ला प्रशिक्षण विभागको संयोजनमा आगामी कार्तिक मसान्त सम्ममा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, नेपालीहरुको महान चाड बडादशै, दीपावली, छठ, नेपाल सम्वत् र इद पर्वको अवसरमा असोज २८ गते घटस्थापनाको दिन दिउसो २ बजे देखि साझ ६ बजेसम्म पुष्पलाल स्मृति भवन बुटवलमा पार्टीका श्रद्घेय उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री तथा प्रतिनिधिसभा रुपन्देही क्षेत्र न. २ का सदस्य कमरेड विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भेटघाट, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । 

वैठकले पार्टीले अगाडि सारेको एक व्यक्ति एक पदको अवधारणा अनुसार युवा संघमा पनि कुनै जनसंगठनमा पनि आवद्ध हुनुपर्ने व्यवस्था मिलाउन प्रक्रिया शुरु गर्ने भएको छ । 

त्यस्तै वैठकले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा निर्वाचित राधाकृष्ण कडेंल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायत पदाधिकारी तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटी सदस्य किरण नेपाल रुपन्देही जिल्लाको युवा कलष्टरबाट पार्टी लुम्बिनी प्रदेश कमिटीको सदस्य पदमा निर्वाचित हुनुभएकोमा उहाँ लगायत निर्वाचित सम्पूर्णसदस्य लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।

अधिवेशन सम्पन्न गर्न युवासंघ नेपालका केन्द्रिय सदस्य केशव रोकाको नेतृत्वमा बनेको स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उपसमितिमा रहेर खट्ने सम्पूर्ण युवा तथा विद्यार्थी लाई धन्यवाद सहित आभार प्रकट गर्ने निर्णय गर्यो । 

संगठनको तेह्रौं जिल्ला अधिवेशन पश्चात् १६ वटै पालिकाहरुको अधिवेशन सम्पन्न भईसकेको सन्र्दभमा पालिकास्तरिय अधिवेशनबाट निर्वाचित कमिटीहरुलाई हार्दिक बधाई दिदैं सफल तथा रचनात्मक कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय वैठकले गरेको छ ।

रुपन्देहीमा गणेश बोहोरा नेतृत्वको ३५ सदस्यीय बुटवल उपमहानगरपालिका कमिटी, सुवास खत्री क्षेत्रीको नेतृत्वमा ३१ सदस्यीय तिलोत्तमा नगर कमिटी, प्रविन आचार्य नेतृत्वको २७ सदस्यीय सिद्घार्थनगर नगर कमिटी, गोपाल खड्का नेतृत्वको २७ सदस्यीय सैनामैना नगर कमिटी, बिश्वास गुरुङ्ग नेतृत्वको २१ सदस्यीय देवदह नगर कमिटी, श्यामकुमार यादव नेतृत्वको २३ सदस्यीय लुम्बिनी सांस्कृतिक नगर कमिटी, विशाल राना नेतृत्वको २१ सदस्यीय शुद्धोधन गाँउपालिका कमिटी, गोपालप्रसाद न्यौपाने नेतृत्वको २१ सदस्यीय सियारी गाँउपालिका कमिटी, जीवन क्षेत्री नेतृत्वको २१ सदस्यीय कञ्चन गाँउपालिका कमिटी गठन भएका छन् ।

त्यस्तै सोनु घर्ति मगर नेतृत्वको २१ सदस्यीय गैडहवा गाँउपालिका कमिटी, भरतराज भट्टराई नेतृत्वको २१ सदस्यीय ओमसतिया गाँउपालिका कमिटी, शेराज अहमद खान नेतृत्वको २१ सदस्यीय रोहिणी गाँउपालिका कमिटी, श्यामप्रकाश यादव नेतृत्वको १७ सदस्यीय मर्चवारी गाँउपालिका कमिटी, अंकुर श्रीवास्तव नेतृत्वको १७ सदस्यीय कोटहीमाई गाँउपालिका कमिटी, खुरसिद अहमद नेतृत्वको १७ सदस्यीय सम्मरीमाई गाँउपालिका कमिटी र तारिक पठान नेतृत्वको १९ सदस्यीय मायादेवी गाँउपालिका कमिटी गठन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक यही असोज २० गते बुटवलस्थित पुष्पलाल स्मृति भवनमा बस्ने भएको छ ।