uml logo

एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित

image

रूपन्देही । नेकपा एमाले गुल्मी को १२ औं जिल्ला अधिवेशनबाट बालसिंह काउछा निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि अध्यक्ष रहनुभएको थियो । 

नेतृत्व चयनका लागि बिहीबार सम्पन्न मतदानको शुक्रबार बिहान सार्वजनिक नतिजामा काउछा निर्वाचित हुनुभएको हो । ५९५ प्रतिनिधिले गरेको मतदानमा काउछाले ३८४ मत ल्याएर विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी हिरा एसी २०२ मत ल्याउनुभएको थियो । 

त्यसैगरी उपाध्यक्षमा जीवन खरेल विजयी हुनुभएको छ । उहाँले ३४८ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत ल्याउनुभएको थियो । त्यसैगरी सचिवमा धर्म बिश्वकर्मा ३७१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी पदम अर्याल १९० मत ल्याउनुभएको थियो । खुला उपसचिवमा चक्रबन्धु भुसाल विजयी हुनुभएको छ। भुसालले ३४८ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी ओम कार्कीले २१६ मत ल्याउनुभएको थियो । 

महिला उपसचिवमा लक्ष्मी पन्त निर्विरोध हुनुभएको थियो । 

मंगलबार सुरु भएको अधिवेशन सहमतिका लागि रोक्दै बिहीबार राति मात्रै निर्वाचनमा गएको थियो ।

पार्टीको सदरमुकाम तम्घासमा सम्पन्न १२ औँ जिल्ला अधिवेशनले पदाधिकारीसहित अधिकांश पदमा निर्वाचन गरेर नयाँ जिल्ला कमिटी चयन गरेको एमाले गुल्मी इन्चार्ज एवं पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिनुभएको छ ।