uml logo

अर्घाखाँची एमाले अध्यक्षमा भुसाल र सचिवमा रायमाझी निर्विरोध, अन्य पदमा निर्वाचनको तयारी

image

रुपन्देही । 

नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्विरोध हुनुभएको छ । उहाँ निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । त्यसैगरी सचिवमा तोजबहादुर रायमाझी विधान निर्विरोध हुनुभएको छ । उहाँ पनि निवर्तमान सचिव हुनुहुन्छ । तर उपाध्यक्ष, उपसचिवद्वय र अन्य सदस्यहरुका भने निर्वाचन हुने भएको छ । उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको छ भने उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसाल तथा महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदारी परेको छ ।  

शनिबार सुरु भएको नवौं अधिवेशनमा ६ पालिकाबाट ५ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन् । मुख्य पद रहेको अध्यक्ष र सचिवमा निर्विरोध भएपछि केही प्रतिनिधिहरु फर्कन थालेका छन् । अहिले पनि विभिन्न पालिकाबाट आउने सदस्यहरु मिलाउन बैठक बसिरहेको र निर्वाचन सोमबार नै हुनसक्ने जिल्ला प्रचार विभाग प्रमुख शोभाखर पन्थीले जानकारी दिनुभयो । ‘अध्यक्षमा पिताम्बर भुसाल र सचिवमा तोजबहादुर रायमाझी विधान निर्विरोध हुनुभयो, अन्य पदाधिकारीमा निर्वाचन हुनेभयो, त्यो आज हुनसक्ने संभावना कम छ’ उहाँले भन्नुभयो ।