uml logo

पार्टी स्कुल ः इतिहास खोज्दै, विचार जोड्दै अघि बढ्दै

image

नेपाल कम्युनिष्ट पार्टी स्थापना आफैमा ठुलो राजनीतिक परिघटना हो । सबैले बुझेकै विषय हो, कम्युनिष्ट राजनीति फरकधारको राजनीति हो । समाजलाई सबै प्रकारका शोषण तथा उत्पीडनबाट पूर्ण मुक्तिको साम्यवादमा रूपान्तरण गर्ने दृष्टिकोण नै कम्युनिष्ट राजनीतिको अन्तिम अभीष्ट र सार हो । इतिहासलाई भौतिकवादी र समाजलाई द्वन्द्ववादी आँखाले हेर्ने ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादलाई आधार सिद्धान्त बनाएको कम्युनिष्ट आन्दोलन समग्र सामाजिक रूपान्तरणको जटिल तर अनिवार्य दार्शनिक कार्य पनि हो । नेपालमा कम्युनिष्ट पार्टीको मूल धार नेकपा एमाले हो । 

सामाजिक, आर्थिक रूपान्तरण र समाजवादको लक्ष्य बोकेर राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित नेकपा (एमाले) जस्तो पार्टीको जीवनमा वैचारिक कामको अत्यन्त ठूलो महत्व छ । क्रान्तिकारी सिद्धान्त र व्यवहारको संयोजनबाट मात्रै रूपान्तरणकारी शक्ति निर्माण हुन्छ र त्यस्तो शक्तिबाट मात्र लक्षित उद्देश्य प्राप्त गर्न सकिन्छ । त्यसैले पार्टीका स्थापित सिद्धान्तहरूलाई व्यवहारमा उतार्नका लागि निरन्तर र सघन रूपमा प्रशिक्षण, अन्तरक्रिया र छलफलहरू एवं अध्ययन–अनुसन्धानका कार्य सञ्चालन गर्दै पार्टी पङ्क्तिको वैचारिक रूपान्तरणको काममा लागिरहनुपर्ने हुन्छ । केही समय यता पार्टीमा सङ्गठन विस्तारको काम जुन अनुपातमा बढेको छ, त्यसको सापेक्षतामा पार्टी पङ्क्तिको गुणवत्ता कायम हुन सकिरहेको छैन । एकातिर पार्टीमा विभिन्न वर्गस्रोत र राजनीतिक पृष्ठभूमिबाट नयाँ भर्ना र पार्टी प्रवेश भइरहेको उत्साहजनक अवस्था छ, तर उनीहरूलाई प्रशिक्षित र रूपान्तरित गर्न पर्याप्त ध्यान पु¥याउन सकिएको छैन । अर्कोतिर पार्टीको पुरानो पङ्क्तिमा पनि अध्ययन÷प्रशिक्षणमा पर्याप्त ध्यान दिने तथा आफूलाई समयानुकूल वैचारिक तथा व्यवहारिक रूपमा अद्यावधिक गराउने कुरामा कमी रहेको छ । यसले गर्दा पार्टी पङ्क्तिको वैचारिक–राजनीतिक चेतनास्तर समय सापेक्ष रूपमा माथि उठ्न सकिरहेको छैन । 

यस्तो अवस्थालाई मध्येनजर गर्दै नेकपा एमालेले पार्टी स्कुल व्यवस्थापन र परिचालन गर्ने योजना अघि बढाइरहेको छ । यस सम्बन्धमा तीन तहको पार्टी स्कुल सञ्चालनका लागि पाठ्यक्रम, पाठ्यसामग्री, स्थायी स्कुल संरचनाका सन्दर्भमा आप्mना धारणाहरू स्पष्ट पारेको छ । यस सम्बन्धमा यसरी उल्लेख गरिएको छ ः 

बिसौं शताव्दीको उत्तराद्र्ध र एक्काइसौँ शताव्दीको पूर्वाद्र्धसम्म आइपुग्दा विज्ञान–प्रविधिको क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल भएका छन् । उत्पादन, श्रम, श्रम सम्बन्ध, वितरण र उपभोगको ढाँचामा अकल्पनीय परिवर्तन देखा परेको छ । विश्व वित्तीय पुँजीवादको वर्चस्व विस्तार, पुँजीवादी–साम्राज्यवादी शोषण उत्पीडनका स्वरूपमा आएको परिवर्तन र विश्वव्यापीकरणको असीमित विस्तारले समाजवादी आन्दोलनका सामु नयाँ चुनौती सिर्जना गरेका छन् । मिडिया, प्रविधि लगायत गैर–राज्य कारकहरूको भूमिकामा भएको विस्तार नयाँ परिघटनाका रूपमा अगाडि आएको छ । विश्वको शक्ति सन्तुलनमा आइर हेको बदलाव र पूर्वानुमान गर्न कठिन अन्तरराष्ट्रिय घटना–शृङ्खलाहरुले अवसर र चुनौती दुबै सिर्जना गरेका छन् । स्वयं नेपाल पनि युगान्तकारी परिवर्तनबाट गुज्रिरहेको छ । २०६२÷६३ को परिवर्तन र नेपालको संविधान जारी भएसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै राजनीतिक प्रणालीमा ठूलो परिवर्तन आएको छ, तर सामाजिक– आर्थिक रूपान्तरणका कार्यभार भने अधुरै छन् । 

बाह्य र आन्तरिक परिस्थितिमा आएका यी फेरबदलसँगै आन्दोलनका सामु नयाँ प्रश्न उपस्थित भएका छन् । हाम्रा कतिपय परम्परागत मान्यताहरूलाई अद्यावधिक गर्नु, असान्दर्भिक भइसकेका विषयलाई समयानकूल परिवर्तन गर्नु र सिङ्गो पार्टी पङ्क्तिलाई ‘नयाँ प्रश्नको नयाँ उत्तर’ दिन सक्ने गरी सिर्जनात्मक र सक्षम बनाउनु अपरिहार्य भएको छ । 

केही समय यता कम्युनिष्ट आन्दोलनमा उत्पन्न भएको दक्षिणपन्थी अवसरवादले वैचारिक÷राजनीतिक आक्रमणलाई तीब्र पारिरहेको छ । यसलाई चिर्दै पार्टी पङ्क्तिलाई विचारधारात्मक रूपमा स्पष्ट पार्नु र सबै खाले अन्यौल, विचलन र शिथिलतालाई परास्त गर्नु जरुरी छ । हामी आज खुल्ला परिवेशमा, संवैधानिक दायराभित्रबाट, राज्यको नेतृत्वदायी भूमिकामा समेत स्थापित हुँदै र विभिन्न शक्तिहरूसँग समेत सहकार्य गर्दै अघि बढिरहेका छौं । यस्तो परिस्थितिले कहिलेकाँही हाम्रो मुख्य लक्ष्य ओझेलमा पर्न सक्ने, सीमित सुधारलाई नै पर्याप्त ठान्ने गलत सोच पैदा हुन सक्ने र वाह्य प्रभावले पार्टी पङ्क्तिलाई पथविचलित या प्रदूषित गर्न सक्ने खतरा विद्यमान छ । पार्टी पङ्क्तिलाई यी सबै विषयमा वैचारिक रूपमा स्पष्ट र धारिलो पार्नु जरुरी छ । 

२०७८ असोज १५–१७ मा गोदावरीमा सम्पन्न पार्टीको प्रथम विधान महाधिवेशनले ‘पार्टीमा वै चारिक काम अपेक्षाकृत बलियो बन्न नसकेको, पार्टी पङ्क्तिको चेतना स्तर अपेक्षित मात्रामा सुदृढ हुन नसकेको र नयाँ परिस्थितिका नयाँ चुनौतीको सामना गर्न पार्टी पङक्ति पर्याप्त मात्रामा सक्षम बन्न नसकेको आम अनुभूति छ । त्यसैले पार्टीमा नियमित, व्यवस्थित र अनिवार्य प्रशिक्षणको व्यवस्था गर्नुपर्छ । नेताहरु पार्टीका स्थापित नीति, मूल्य र निर्णयमा अडिग रहनु पर्छ । माक्र्सवादको सैद्धान्तिक प्रशिक्षणका साथसाथै हाम्रो पार्टी स्कुलले आजका ज्वलन्त विषयमा सहभागीलाई दीक्षित गर्ने व्यवस्था गर्नु पर्दछ । परम्परागत प्रशिक्षण शैली प्रभावकारी बन्न नसकेको यथार्थलाई हेक्का राख्दै प्रशिक्षणका आधुनिक, प्रविधिमैत्री र छरिता विधि अवलम्बन गर्नुपर्दछ ।’ भन्ने निष्कर्ष निकालेको छ । ‘फेरि एको सन्दर्भले पार्टी निर्माणका कतिपय पक्षमा परिवर्तनको माग गरिरहेको छ । अब हामीले आन्दोलनमा प्रशिक्षित हाम्रो पार्टी पङ्क्तिलाई उत्पादन, निर्माण र विकासको अनुकूल हुने गरी रूपान्तरित गर्नुपर्छ । कार्यकर्तालाई नयाँ कार्यभारका बारेमा प्रशिक्षित गर्नुपर्दछ ।’ महाधिवेशनको माथिका निष्कर्षमा आधारि त रहेर आगामी कार्यभारको पहिलो बुँदामै ‘पार्टीलाई वैचारिक रूपमा सुस्पष्ट, सङ्गठनात्मक दृष्टिले चुस्त र सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ट रूपमा आबद्ध बनाउने’ कुरा उल्लेख गरेको छ । यसका लागि ‘पार्टी स्कुलका माध्यमबाट नियमित प्रशिक्षण सञ्चालन गर्दै पार्टी पङ्क्तिको चेतना माथि उठाउने’ कार्यभार किटान गरेको छ ।  

त्यसरी नै महाधिवेशनबाट पारित सङ्गठनात्मक प्रस्तावमा पार्टी निर्माणको पहिलो विषय ‘वैचारिक स्पष्टता, बुझाइ र गराइमा एकरूपता’ उपशीर्षकमा ‘विचारमा आधारित एकताबद्ध, अनुशासित र गतिशील सङ्गठनको निर्माण बिना पार्टी र आन्दोलन सफलतापूर्वक अघि बढ्न सक्दैन’ भन्ने निष्कर्ष निकालिएको छ । यसै निष्कर्षमा आधारित रहेर ‘पार्टी नीतिलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा बुझाइमा एकरूपता कायम गर्न व्यवस्थित पार्टी स्कुल सञ्चालन गर्नु पर्दछ । पार्टी सदस्यता प्रदान गर्ने बेलादेखि नै आधारभूत प्रशिक्षणको व्यवस्था गर्नु पर्दछ’ भन्ने उल्लेख गरिएको छ । पार्टी विधान २०४ ९ ( प्रथम विधान महाधिवेशन २०७८ र दशौं राष्ट्रिय महाधिवेशन २०७८ बाट भएको संशोधनसहित) ले पनि पार्टी सदस्यहरूका दायित्वभित्र ‘पार्टीको उद्देश्य र आदर्श अनुरूप विचार, सङ्गठन, सङ्घर्ष र उत्पादनको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने’, ‘दक्षिणपन्थी तथा उग्रवामपन्थी अवसरवाद र अराजकता तथा सङ्कीर्णताका विरुद्ध जुझ्ने’ र ‘जनतामा पार्टीका नीति, विचार स्थापित गर्ने’ विषय स्पष्ट पारि एका छ ।  

पार्टीले लामो समयदेखि पार्टीभित्रको वैचारिक कामलाई विशेष महत्व दिदै आएको छ । यस कामका लागि केन्द्रीय पार्टी स्कुल विभागलाई संस्थागत जिम्मेवारी प्रदान गरिएको छ । प्रदेश र मातहत कमिटीहरूले पनि आवश्यकता अनुसार स्कुल विभाग गठन गर्न सक्ने वैधानिक व्यवस्था हुँदै आएको छ । नेकपा (एमाले) को पार्टी स्कुलिङ तुलनात्मक रूपमा व्यवस्थित र गतिशील पनि रहँदै आएको छ ।  

यस क्रममा केन्द्रीय पार्टी स्कुल विभागले केन्द्र र प्रदेश स्तरमा सञ्चालन गरेका विभिन्न प्रशिक्षण कार्यक्रमहरूले पार्टीपङ्क्तिको चेतना माथि उठाउन, प्रशिक्षकहरू तयार गर्न, प्रशिक्षणलाई पार्टी कामको नियमित अङ्ग बनाउन र अध्ययनको भोक जगाउन एकहदसम्म सफलता प्राप्त गरेको छ । कतिपय प्रदेश र जिल्लाहरूले पनि पार्टी स्कुल विभागलाई सक्रिय बनाउन र प्रशिक्षण कार्यलाई नियमित गर्न एकस्तरको सफलता प्राप्त गरेका छन् । तर पनि बढ्दो चुनौती र आवश्यकता अनुसार पार्टीमा प्रशिक्षण कार्यलाई अझ नियमित, स्तरीय र परिणाममुखी बनाउन पर्याप्त ध्यान दिनु आवश्यक छ । त्यसैले पार्टी स्कूलिङलाई संस्थागत र नियमित गर्न देहायको व्यवस्थाहरू गर्न यो निर्दे शिका तयार गरिएको छ । यो निर्देशिका तयार गर्दा पार्टी स्कुल सञ्चालन तथा पाठ्यक्रम निर्देशिका, २०५८ का सान्दर्भिक विषयलाई निरन्तरता दिइएको छ । 

१. पार्टी स्कुलका किसिम 

पार्टी पङ्क्तिको वैचारिक चेतनास्तर माथि उठाउन एकातिर निर्धारित पाठ्यक्रममाथि आधारित नियमित पार्टी स्कुलहरू सञ्चालन गर्न जरूरी छ भने अर्कातिर समय समयमा आम कार्यकर्ता पङ्क्ति या कतिपय बेला समर्थक÷शुभचिन्तकहरूलाई समेत लक्षित गरेर अभिमुखीकरण कार्यक्रमहरू पनि सञ्चालन गर्नु जरुरी देखिन्छ । पाठ्यक्रममा आधारित प्रशिक्षणमा तोकिएको स्तर र सङ्ख्यामा, तोकिएका प्रशिक्षकहरूबाट प्रशिक्षण चलाउने एवं त्यसको मूल्याङ्कन, परीक्षा र प्रमाणपत्रको समेत व्यवस्था हुँदै आएको छ । यसलाई थप व्यवस्थित गर्न जरुरी छ । समसामयिक विषयमाथि आधारित अभिमुखीकरण कार्यक्रममा भने व्यापक सङ्ख्यामा सहभागी बनाउन सकिन्छ ।  

पार्टीमा दुईखाले प्रशिक्षणहरू सञ्चालन गरिनेछ ः क. पार्टी स्कुलद्वारा सञ्चालित पाठ्यक्रममा आधारित नियमित प्रशिक्षण ख. समसामयिक विषयमा अभिमुखीकरण÷प्रशिक्षण कार्यक्रम स्कुलहरू स्थिति हेरी स्थायी या घुम्ती दुबै खाले हुन सक्नेछन् । आम रूपमा स्कुल भौतिक उपस्थितिमै सञ्चालन गरिने भए पनि आवश्यकता अनुसार भर्चुअल माध्यमबाट पनि सञ्चालन गर्न सकिने छ । अभिमुखीकरण÷ प्रशिक्षण कार्यक्रमहरू सामान्यतया सम्बन्धित तहको पार्टी कमिटीको आयोजनामा सञ्चालित हुनेछन् । पार्टी स्कुल विभागले आफूलाई मुख्यतः पाठ्यक्रममा आधारित प्रशिक्षणहरूमा केन्द्रित गर्नेछ । 

२. स्कुलको तह निर्धारण ः

लक्षित प्रशिक्षार्थी समूहको चेतनास्तर, जिम्मेवारी र अन्य पक्षलाई समेत ध्यानमा राखेर तीन तहका स्कुलहरूको व्यवस्था गरिएको छ । 

जनप्रतिनिधिहरूका निम्ति कमिटीगत जिम्मेवारीका अलावा उनीहरूले पूरा गर्नुपर्ने सार्वजनिक दायित्वलाई समेत ध्यानमा राखेर विशेष खालका प्रशिक्षण कार्यक्रमहरू पनि चलाइने छ । 

३. पाठ्यक्रम 

हालका लागि चार तहका पाठ्यक्रम निर्धारण गरिएको छ । यसमध्ये विशिष्ट र उच्च तहका पाठ्यक्रममा आधारित प्रशिक्षण केन्द्रीय पार्टी स्कुल विभागले चलाउने छ भने माध्यमिक तहको पाठ्यक्रममाथि आधारित प्रशिक्षण प्रदेश पार्टी स्कुल विभाग र आधारभूत तहको प्रशिक्षण जिल्ला पार्टी स्कुल विभागले सञ्चालन गर्ने छ । नियमित तहको पार्टी प्रशिक्षणलाई यिनै पाठ्यक्रममा आधारित बनाइने छ । अहिलेको लागि आधारभूत र माध्यमिक तहमा सबै विषयमा आधारभूत जानकारी हुने किसिमले प्रशिक्षण गर्ने गरी पाठ्यक्रम निर्धारण गरिएको छ । उच्च एवं विशिष्ट तहको लागि भने विषयगत रूपमा दर्शन, अर्थशास्त्र, इतिहास, राजनीतिशास्त्र, संस्कृति, समाजशास्त्र, सूचना प्रविधि, कम्युनिष्ट आन्दोलन, सुशासन र समृद्धि, पार्टीका दृष्टिकोण र मान्यता तथा व्यवस्थापन लगायत विषयमा गहिरो ज्ञान हासिल गर्ने गरी पाठ्यक्रम निर्धारण गरिएको छ । केन्द्रीय पार्टी स्कुल विभागले नयाँ विषयका लागि अनुसन्धानमूलक, व्यापक अन्तरक्रिया र विमर्श ढाँचाका विशिष्टीकृत प्रशिक्षण पनि सञ्चालन गर्ने छ । 

४. पुस्तकालय, आधुनिक उपकरण र सन्दर्भ सामग्री

प्रत्येक तहको पार्टी स्कुलमा प्रशिक्षार्थीहरूले उपयोग गर्न सक्ने गरी कम्तिमा पनि सिफारिस गरिएका सन्दर्भ सामग्रीहरू सहितको पुस्तकालय, आधुनिक उपकरणहरु र आवश्यक प्रशिक्षण सामाग्री सहित प्रशिक्षण सञ्चालन गर्ने उपयुक्त प्रकृतिका विधिसहितका प्रशिक्षण कक्षा र फर्निचरको व्यवस्था गरिनु पर्छ । पार्टी स्कुलको आफ्नै भवन या प्रशिक्षण कक्ष नहोउन्जेल विभिन्न सङ्घ संस्थाहरुका तालिम कक्ष या सभाकक्षहरु पनि प्रयोग गर्न सकिन्छ । सन्दर्भ सामग्रीका लागि ई–लाइब्रेरी र स्रोत केन्द्रको प्रयोग या व्यवस्थापन गर्दै लगिने छ । महामारी या अन्य विपद्का बेला प्रशिक्षार्थीहरूले घरैबाट प्रशिक्षण लिन सक्ने व्यवस्था मिलाइँदै लगिने छ । 

५. परीक्षा र प्रमाणपत्र 

पाठ्यक्रममा आधारित प्रशिक्षणमा सहभागी हुने व्यक्तिहरूको न्यूनतम स्तर निर्धारण हुन सकोस् र एउटा कार्यक्रममा सकभर समान चेतनास्तरका साथीहरू सहभागी होउन् भन्नका खातिर प्रवेश परीक्षा लिने व्यवस्था गरिने छ । आधारभूत तहको पाठ्यक्रमको लक्षित समूहमा अहिलेको निम्ति यो तरीका व्यवहारि क हुन नसके पनि माध्यमिक, उच्च र विशिष्ट तहका निम्ति यसलाई अनिवार्य बनाइने छ । कार्यक्रमपछि मूल्याङ्कनका लागि वस्तुगत र विषयगत प्रश्नहरू सहितको लिखित ( सामान्य साक्षरहरु को हकमा मौखिक समेत) परीक्षा लिने र प्रमाणपत्र दिने व्यवस्था गरिने छ । पार्टी विधानको धारा ६ मा पार्टी सदस्यको परीक्षणकालीन अवधि र दायित्व अन्तरगत ‘पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिको अध्ययन गर्ने र पार्टीले सञ्चालन गरेको प्रशिक्षण कक्षामा सामेल हुने’ विषय किटानीका साथ उल्लेख गरिएको हुनाले त्यस्ता पार्टी सदस्यहरूलाई लक्षित गरेर विशेष पार्टी प्रशिक्षणको व्यवस्था गरिने छ । 

प्रशिक्षण कार्यक्रममा अनुत्तीर्ण भएकाहरूको हकमा विशेष कक्षाहरूको आयोजना गर्ने र निश्चित तहको जिम्मेवारी बहन गरिरहेका कमरेडहरूको हकमा न्यूनतम सैद्धान्तिक ज्ञानका लागि आवश्यक व्यवस्था गरिने छ । पार्टीमा प्रशिक्षण हासिल गरेको÷नगरेको विषयलाई पनि पार्टीको जिम्मेवारी प्रदान गर्ने क्रममा एक मापदण्डमध्ये बनाउने व्यवस्था गर्दै लैजानु पर्छ । 

६. विषयगत प्रशिक्षक 

पार्टी स्कुल विभागले विभिन्न तहको पार्टी प्रशिक्षणका लागि सम्बन्धित विषयका विशेषज्ञ या प्राज्ञहरूको विषयगत समूहहरू निर्माण गर्न र प्रशिक्षणमा वहाँहरूको सहयोग लिन सक्नेछ । तर त्यसो गरिरहँदा त्यस्ता विशेषज्ञहरूको विषयगत ज्ञानलाई माक्र्सवादी दृष्टिकोणसम्मत् बनाउन पूर्व–छलफल र अन्तर क्रियाहरू चलाइनु जरूरी हुन्छ । पार्टी स्कुलले प्रशिक्षकहरू निर्धारित गर्दा सम्बन्धित व्यक्तिको विषयगत ज्ञानको गहिराइ, माक्र्सवादी दृष्टिकोणको सुस्पष्टता र प्रशिक्षणकलामा आकर्षण एवं दक्षतालाई विशेष ध्यान दिनुपर्छ । कमिटीगत हैसियतको आधारमा प्रशिक्षक तय गर्ने या सम्मानका खातिर मात्र प्र शिक्षकको मान्यता दिने कुरालाई रोक लगाउनुपर्छ ।  

७. विधि  

हामीले अहिलेसम्म प्रशिक्षणमा मूलतः प्रवचन विधिलाई प्रयोग गर्दै आइरहेका छौं । अभिमुखीकरण प्रशिक्षणको लागि यो विधि उपयुक्त नै भए पनि पाठ्यक्रममाथि आधारित प्रशिक्षणमा भने सहभागितामूलक विधिमा जोड दिनुपर्छ । यसले प्रशिक्षार्थीहरूलाई सिक्ने काममा रूची जगाउनाका साथै उनीहरूभित्रको ज्ञानले पनि अभिव्यक्त हुने मौका पाउँछ । त्यसैले प्रशिक्षणहरूमा प्रवचन विधि, प्रश्नोत्तर, अन्तक्र्रियाका साथै समूह छलफल, श्रव्य–दृष्य माध्यमको प्रयोग, अवलोकन, स्थलगत अध्ययन, अनुसन्धान, शोध–पत्र र अन्य आधुनिक विधिहरूलाई प्रयोग गर्ने कुरामा जोड दिइनुपर्छ । आवश्यकता अनुसार आगमनात्मक र निगमनात्मक विधि प्रयोग गरिने छ। । प्रशिक्षणलाई कोरा सैद्धान्तिक ज्ञान प्रदान गर्ने हिसाबले नभई व्यवहारसँग गाँसेर लैजाने कुरामा पार्टी स्कुल विभागले विशेष ध्यान दिने छ । 

हरेक प्रशिक्षण कार्यक्रम पछि त्यसमा सहभागीहरूबाट कार्यक्रमका बारेमा लिखित प्रतिक्रिया, सुझाव र पृष्ठपोषण लिने एवं आगामी कार्यक्रमको लागि तिनीहरुलाई महत्वपूर्ण सन्दर्भ सामाग्रीका रूपमा प्रयोग गर्नुपर्छ । प्रशिक्षकहरूको प्रस्तुतिको बारेमा मूर्त प्रतिक्रिया लिने कुराले वहाँहरूलाई आफ्नो अध्ययन र प्रस्तुतिलाई परिमार्जन गर्न सहयोग पु¥याउँछ । 

८. अनुगमन र समन्वय  

सामान्यतया केन्द्रीय पार्टी स्कुल विभागले पाठ्यक्रम र पाठ्य सामाग्री तयार गर्ने, केन्द्रीय प्र शिक्षकहरू निर्माण गर्ने एवं प्रदेश र जिल्ला तहका पार्टी स्कुलहरूको अनुगमन, निरीक्षण र समन्वय राख्ने काम गर्ने छ । प्रदेशले आफ्नो तहको प्रशिक्षण आयोजना गर्ने र जिल्ला तहको स्कुलको अनुगमन, निरीक्षण र समन्वय गर्नुपर्छ भने जिल्लाले पार्टी प्रशिक्षण कार्यक्रमलाई परीक्षणकालीन र नवप्र वेशीहरूको तहसम्म विस्तार गर्ने ठोस योजना बनाउने छ । भइरहेका कार्यक्रम र त्यसको परिणामको व्यवस्थित रेकर्ड राख्ने, त्यसबारे माथिल्लो कमिटीमा नियमित रिपोर्टिङ गर्ने र आवश्यक निर्देशन प्राप्त गर्नुपर्ने हुन्छ । 

९. स्रोत व्यवस्थापन  

आर्थिक स्रोतको न्यूनताका कारण स्कुलहरू नियमित सञ्चालन हुन नसकिरहेको स्थितिलाई ध्यानमा राखेर स्रोतको व्यवस्थापनमा ध्यान दिइने छ । पार्टी स्कुलको व्यवस्थापन खर्च मूलतः प्रशिक्षार्थीहरूबाट लिइने प्रवेश शुल्क या प्रशिक्षण शुल्कमाथि आधारित बनाइनु पर्छ । यसबाहेक सम्बन्धित तहको पार्टी कमिटीले आफ्नो वार्षिक बजेटबाट पार्टी स्कुलको लागि निश्चित अंश विनियोजन गर्ने काम गर्नुपर्छ । यसका अतिरिक्त पार्टी स्कुल विभागले विभिन्न रचनात्मक कामहरू गर्ने, पार्टी केन्द्रीय कमिटी मार्फत् व्यक्ति वा संघ संस्थाहरूसँग सहयोग लिने र आत्मनिर्भर हुने दिशामा अघि बढ्नुपर्छ । 

१०. पाठ्यसामग्री सङ्कलन र प्रकाशन 

यतिबेला खासगरी आधारभूत र माध्यमिक तहका लागि सरल भाषामा लेखिएका पाठ्य सामाग्रीहरूको अभाव खट्किएको छ । माथिल्ला तहहरूको लागि पनि हाम्रै देशको सन्दर्भसँग गाँसिएका स्तरीय सामाग्रीहरूको अभाव महसुस भइरहेको छ । माक्र्सवादी शास्त्रीय रचनाहरू पनि बजारमा सहज रूपमा उपलब्ध छैनन् । त्यसैले प्रस्तुत पाठ्यक्रममाथि आधारित भएर सरल भाषामा पुस्तिकाहरू लेख्न सम्बन्धित लेखकहरूलाई अनुरोध गर्ने र हाम्रो आवश्यकता सुहाउँदा सामाग्रीहरू पार्टी स्कुलले प्रकाशन गर्ने व्यवस्था गरिने छ । विगतमा सञ्चालित केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सामग्रीलाई आवश्यक सम्पादन गरेर केन्द्रीय पार्टी स्कुल विभागले प्रकाशन गर्ने व्यवस्था गर्नेछ । प्रदेश र जिल्ला स्कुल विभागहरूले आफ्नो क्षेत्रका लेखकहरूलाई यस विषयमा सक्रिय बनाउनुका साथै आफ्नो क्षेत्रका पुस्तक पसलहरूलाई हामीले सिफारिस गरेका सन्दर्भ सामाग्रीहरू झिकाउन र प्रशिक्षार्थीहरूलाई ती सामग्री किन्न प्रेरित गर्ने छन् । हाल बजारमा पाठ्य पुस्तक र सामग्रीहरु डिजिटल स्वरूपमा समेत उपलब्ध हुने भएकाले त्यस्ता सामग्रीहरु छनोट गर्न, खोज्न र पढ्न प्रेरित गरिने छ । साथै, पार्टी स्कुल विभागले डिजिटल अध्ययन सामग्री समेत विकास गर्ने छ । 

यतिबेला केन्द्रीय स्कुल विभागले सात वटै प्रदेशहरूमा प्रशिक्षण तथा कार्यशाला सञ्चालन गरिसकेको छ । सिद्धान्त, विचार, नीति, कार्यक्रम, तुलनात्मक अध्ययन र राजनीतिक शक्ति सन्तुलनका विषयका साथै प्रस्तुति सीप, शैली र कलाका विषयमा समेत प्रशिक्षण सञ्चालन गरिएको छ । यसलाई केन्द्रीय पार्टी स्कुल विभागले अभियानकै रूपमा अघि बढायो । यस क्रममा प्रदेशहरूमा स्थायी स्कुल सञ्चालनबारे योजनाहरू बनेका छन् । प्रदेशहरूले जिल्ला जिल्लामा प्रशिक्षणलाई तीब्रता प्रदान गरेका छन् । 

प्रशिक्षणलाई सम्बन्धित प्रदेशको समृद्धिका योजनासँग जोडिँदैआएको छ । सम्बन्धित प्रदेशको कम्युनिष्ट आन्दोलनको इतिहास खोज्ने र सबै स्कुलिङका धारलाई वैचारिक रूपमा एकीकृत गरी साङ्गठानिक रूपमा नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा रहेको नेकपा एमालेलाई सैद्धान्तिक तथा वैचारिक विरासतलाई समेत जोड्ने अभियान स्कुल विभागको मुख्य जिम्मेवारीको रूपमा रहेको छ र यस दिशामा क्रियाशील गरिएको छ । भूगोलसँगै जनवर्गीय संगठनका केन्द्रीय नेतृत्वका लागि प्रशिक्षण सञ्चालन गरिरहेको छ ।