uml logo

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुईतिहाई विश्वासको मत, पक्षमा ७० मत

image

बुटवल, असार ७ गते

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुईतिहाई सांसदको विश्ववासको मत पाउनु भएको छ । 

आज मंगलवार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा सहभागी ८१ सांसदहरु मध्ये ७० जना सांसदले पक्षमा मत खसेको छ भने बिपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्तिले जानकारी दिनु भयो।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। 

 प्रदेश सभामा सहभागी १२ वटा राजनीतिक दल मध्य साना राजनीतिक दलले समेत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिएका छन् ।

सरकारलाई जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् । लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, राप्रपा ४, नेकपा एस, राजमो र स्वतन्त्र एक एक गरी १७ सदस्य रहेका छन् । 

८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।