uml logo

कृषिमा धेरै कायापलट गर्न सक्ने अवस्थामा छौँः मुख्य मन्त्री आचार्य

image

बुटवल, 

ब्यावसायिक रुपमा कृषिमा नेपालले कायापलट गर्न सक्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटनका क्रममा मुख्यमन्त्री आचार्यले कृषिको क्षेत्रमा कायापलट गर्न सकिने बताउँदै चितवनबाट दाङमा गएर केही व्यापारीले ठुलो मात्रामा प्रतिफल पाएको उदाहरण दिनुहुँदै कृषि क्षेत्रमा कायापलट गर्न सकिने बताउनुभयो । 

कृषि अनुदानमा सरकारले समेत लगानी गरिरहेकाले युवाहरू समेत कृषि पेसामा आकर्षित भएको उहाँले बताउनुभयो । नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री चेतनारायण आचार्यले बताउनुभयो ।

मुलुकमा राजनीतिक स्थायित्वका निम्ति २ राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सुचांक उकालो लागिरहेको उहाँले बताउनुभयो । अब व्यावसायीका निम्ति आसाका दिन आएको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले वर्तमान सरकारले नै सबै समस्याको समाधान गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । यो सरकारलाई समस्या समाधान गर्नबाट छुट नभएको भन्दै उनले केही सकारात्मक संकेतसमेत देखापरिसकेको वताउनु भयो । बुद्धको देश नेपालले बुद्धका ज्ञानलाई विश्वभरि प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सके व्यावसायिक सफलतासमेत हुने उनको भनाइ थियो ।