uml logo

गुल्मीमा एमालेको जनसंगठन विस्तार एवं भेटघाट अभियान तिब्र

image

५ हजार संठगित सदस्य थप गर्ने उद्देश्य

गुल्मी–नेकपा एमालेले गुल्मीले पार्टीका संगठित सदस्य संख्या १५ हजार पु¥याउने गरी जिल्लाका सबै पालिकामा जनसंगठन विस्तार तथा जनभेटघाट अभियान तिब्र पारेको छ । पार्टीले तीन जना केन्द्रीय सदस्यलाई परिचालन गरेर १२ वटै स्थानीय तहमा संगठनलाई क्रियाशिल बनाएको हो । अभियानबाट ५ हजार संठगित सदस्य थप गर्ने एमालेको उद्देश्य छ । 

एमालेको असारमा काठमाण्डौंमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले देशभर संगठन विस्तार अभियान संचालन गर्ने निर्णय गरेको थियो । असार २३ गते सदरमुकाम तम्घासमा बसेको जिल्ला कमिटि बैठकले सचिवालयको बैठक कार्यान्वयन गर्ने गरी १२ स्थानीय तहलाई तिन कलस्टरमा विभाजन गरेर तिन जना केन्द्रीय सदस्यलाई कार्य विभाजन गर्दै केन्द्रीय सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न जिम्मेवारी तोकेको थियो । एमालेका केन्द्रीय सदस्यहरु गणेश खनाल, जंग नेपाली र दीनेश पन्थी इन्चार्जको रुपमा खटिनु भएको थियो । एमाले जिल्ला कमिटिका सचिव गणेश श्रीपालीका अनुसार केन्द्रीय सदस्य खनाललाई सत्यवती, कालीगण्डकी, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा, केन्द्रीय सदस्य दीनेश पन्थीलाई रुरु, छत्रकोट, गुल्मीदरबार गाउँपालिका एवं रेसुंगा नगरपालिका र केन्द्रीय सदस्य जंग नेपालीलाई मालिका, मदाने, धुर्कोट र इश्मा गाउँपालिकामा इन्चार्जको रुपमा खटाईएको थियो ।

पार्टीको त्यही जिम्मेवारी अनुसार गुल्मीका १२ वटै स्थानीय तहमा पहिलो चरणको पालिका स्तरको बैठक एवं केही स्थानीय तहमा वडा तहका भेला र बैठकसमेत सकिएको एमाले केन्द्रीय सदस्य गणेश खनालले बताउनु भयो । खनालका अनुसार सत्यवतीका ८ वडा, चन्द्रकोटका ८ वडा र मुसिकोट नगरपालिकाका २ वडामा वडा तहसम्मको भेला र बैठक सकिएको छ । कालीगण्डकीमा पालिका तहको भेला र बैठक सम्पन्न गरेर अब वडा तहमा भेटघाट, छलफल गर्ने तयारी भइरहेको छ । ‘धेरै पालिकाहरुको छलफलमा कार्यकर्ताहरुको उत्साहजन सहभागिता देखिएको छ,’ केन्द्रीय सदस्य खनालले भन्नुभयो, ‘तर, केन्द्र, प्रदेश र जिल्ला तहका सबै नेताहरु सुविधाभोगी भएको, फिल्डमा भन्दा केन्द्रमुखी भएको, जनता र पार्टी कार्यकर्तासँग नेताहरुको सम्बन्ध टुट्दै एवं दुरी बढ्दै गएको भन्दै चिन्ता देखिएको छ ।’ धेरै कार्यकर्ताको नेताहरुलाई फिल्ड केन्द्रीत हुन, जनतासँगै सम्बन्ध बिस्तार गर्नु पर्ने सुझाव आएको पनि उहाँले बताउनु भयो ।

त्यस्तै अर्का केन्द्रीय सदस्य जंग नेपालीले एमालेको जागरण अभियानले कार्यकर्तामा उत्साह थपेको बताउनु भएको छ । गठबन्धन सरकारप्रति जनता र नेताहरुको वितिष्णा बढ्दै गएकाले एमालेलाई मात्र आड र भरोसाको शक्ति देख्न थालेको उहाँले बताउनु भयो । ‘समग्रमा गठबन्धनप्रति जनताको गुनासो र वितिष्णा बढ्दै गएको देखियो, नेकपा एमालले जनताको त्यो मनोभाव तत्काल क्यास गर्नु पर्ने देखिन्छ,’ उहाँले भन्नुभयो, ‘जनसंगठन अभियानमा देखिएका समस्या र सुझाव सम्बोधन गर्ने गरी पार्टीले तत्काल अर्को कार्यक्रम जनस्तरमा लैजानु पर्ने देखिन्छ ।’ कार्यकर्तामा गठबन्धनबाट निर्वाचित भएका स्थानीय तह, प्रदेश र केन्द्रसम्मकै जनप्रतिनिधिप्रति आशा भन्दा निराशा बढेको पनि उहाँले बताउनु भयो । एमालेले अभियानको क्रममा १० हजार ३ सय ९४ पार्टीका संगठित सदस्यता विस्तार गरेको छ । यस अघि गुल्मीमा १० हजार १ सय ९५ जना संगठित सदस्य रहेका थिए । अभियान अन्र्तगत कम्तिमा १५ हजार पार्टीका संठगित सदस्य थप गर्ने गरी सबै पालिकामा भेला, बैठक, अन्र्तक्रिया र प्रशिक्षणका कार्यक्रम संचालन भईरहेको जिल्ला अध्यक्ष बालसिंह काउछाले बताउनु भयो । ‘कम्तिमा १५ हजार संगठित सदस्य विस्तार गर्ने हाम्रो लक्ष्य हो,’ उहाँले भन्नुभयो, ‘हामी त्यो लक्ष्यको नजिक छौं ।’ अहिलेको अप्राकृतिक गठबन्धनप्रति जनतामा निराशा बढेकोले पनि जनताको आर्कषण एमालेमा बढेको उहाँले बताउनु भयो ।