uml logo

अनेमसंघद्धारा प्रशिक्षण

image

नेपालगन्ज

अखिल नेपाल महिला संघ नेपालगन्ज उप महानगरपालिका नगर कमिटिको आयोजनामा वडा नं.४मा बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । बैठक बसी कमिटिलाइ पुर्नगठन समेत गरीएको छ । बैठक अनेमसंघ वडा नं ४ का सचिव रुक्मिणी भारतिद्धारा संचालन गरिएको थियो ।

पुनर्गठित कमिटिमा अध्यक्ष पुनम सिंह घर्ती,उपाध्यक्ष खुमा देवि केसी,खड्का,सचिव सकुन थापा, कोषाध्यक्ष छाया नेपाली हुनुहुन्छ । यसैगरी सदस्यहरु राजकन्या रोकाय,लक्ष्मी श्रेष्ठ, पार्वती चन्द ठकुरी, यशोदा चन्द, जय पुन, माया मल्ल, कुमारी बुढा,रोक्सान बाँन भगवति भण्डारी,शेभा थापा मिना श्रेष्ठ, सुष्मा कुमारी वैश्य,बसन्ती विक लगायतका हुनुहुन्छ। 

अखिल नेपाल महिला संघ वडा नंं. ४का अध्यक्ष रीना पौडलको अध्यक्षतामा संचालित बैठकमा अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले पुनर्गठन गरिएको नयाँ कमिटीलाइ सपथ खुवाउनु भएको थियो । 

 पुनर्गठन पश्चात् अनेमसंघ केन्द्रीय सदस्य पोखरेलले अनेमसंघ भनेको के हो ? यसमा लाग्नु का कारण,पार्टी र अनेमसंघको सम्बन्ध, जवज भनेको के हो ? किन आवश्यक छ ? अनेमसंघको नीति तथा कार्यक्रम लगायतका विषयमा प्रशिक्षण दिनुभएका थियो । कार्यक्रममा अनेमसंघ जिल्ला कमिटी सदस्य सरजा सुनार, नगर सदस्य निर्मला विसी, लगायतका व्यक्तिको सहभागीता रहेको थियो ।