uml logo

रुपन्देहीको कम्युनिष्ट आन्दोलनमा विहङ्गम दृष्टि

image

रूपन्देहीमा २००९ सालमा पथ्वी शेरचनको नेतृत्वमा कम्युनिष्ट पार्टीको संगठको थालनी भएको थियो । राणा- काँग्रेसको सरकारले देशमा क पा माथि प्रतिबन्ध लगाएकाले किसानसंघको आवरणमा पार्टीले संगठन र आन्दोलन अघि बढाउँदै लग्यो । टंकप्रसाद आचार्यको प्रधानमन्त्री कालमा बल्ल प्रतिबन्ध फुकुवा गरिएको थियो ।

रूपन्देहीमा २०११ सालको प्रथम मर्चवार सम्मेलनले पिबी मल्ललाई सचिव चुनेको थियो । शक्ति लम्साल, तीरथ हरिजन, श्यामसिं प्रधान, बिदेशी थारू, मुन्नीलाल शाक्य, गणपत लोध, नाराणमान सैंजुहरू त्यस समयका जिल्लाका सक्रिय नेता कार्यकर्ता थिए । 

२०१४ सालमा लालसिं भन्डारी जिल्ला नेता छानिए । उनी २०१५ को आम चुनापवका प्रत्यासी पनि थिए । राजा महेन्द्रको २०२७ सालको प्रतिगमनले जिल्लाको संगठन र आन्दोलनमा निकै खलबली ल्यायो । बहुमत जिल्ला नेतृत्व केशरजङ्ग रायमाझीको पक्षमा उभियो । सचिव अल्पमतमा पर्दा धेरै क्रान्तिकारी साथीहरूमा अल्मल रह्ये । जसोतसो शक्ति लम्साल २०१९ को तेश्रो माहाधिवेशनमा प्रथिनिधित्व गरेर मूलधारलाई निरन्तरता दिएका थिए । तत्कालीन जिल्ला नेता लालसिंहको रूपन्देहीमा घरपरीवार नरहेको, एक्कासी पार्टीमाथि प्रतिबन्ध लागेको र पार्टीकै बहुमत नेतृत्व असहयोगी रहेको र भूमिगत ढाचा कायम नभएकाले जि सचिवले जिल्ला छाडेर नवलपुर आफन्तकोमा शरण लिनु पर्यो । पछि २०१७ पुस १ गते यता संगठित आन्दोलन सेलाउन पुग्यो । यस्तो परिस्थितिमा किसान मजदूर र विद्यार्थीका स्वतस्स्फूर्त आन्दोलनलाई शक्ति लम्सालको सल्लाहा र सुझावमा देवेन्द्र घिमिरेले साथीहरूलाई समेट्दै नेतृत्व लिनु भयो । नेकपा रूपन्देही मूलधारकै रूपमा पुनरगठन भयो ।

नेकपा तेश्रो माहाधिवेशन पछि पनि एकीकृत हुन सकेन केन्द्र। गणन्त्रवादी प्रथम माहासचिव पुष्लाललाई पछाडी धकेल्न अनेक दाउपेच चले । पञ्चायती निरङ्कुहताका बिरूद्ध पुष्पलालको विघटित संसदको पुनस्थापनाको सही बाटोबाट पार्टीलाई अलगथलग पार्न नेतृत्व पङ्तिमा उग्र नारा उराले अनि पुष्लाललाई ूगद्दारूको आरोप थोपरेर जान थाले पछि मूलबाटोको यात्रा पुष्पलालबाट तय गरेको पाइन्छ । २०२४ सालमा देवेन्द्र घिमिरेको नेतृत्वमा जिल्ला संगठन कमिटी निर्माण गरी २०२५ जेठमा सम्पन्न तेश्रोसम्मेलनको नयाँजनवादी कार्यक्रमको धारमा रूपन्देहीमा कम्युनिष्ट संगठन र आन्दोलन अघिबढ्यो । त्यसमा देवेन्द्र घिमिरेले प्रतिनिधित्व गर्नु भएको थियो ।

२०१७ सालमा रायमाझीमा उभीए पनि २०२२/२३ सालदेखि रूपन्देहीमा उठेका आन्दोलनलाई कम्युजिष्ट आन्दोलनसँग जोडेर भूमिगत ढाचा तयार गर्दै किसन मजदूर विद्यार्थी विचमा पार्टीलाई बिस्तार गरियो । राजाले जनअसन्तोषलाई मत्थर पार्न गरिएका भूमिसुधार बचतकोष जस्तो बोक्रे सुधारलाई जनताले बुझेर नङ्ग्याउदै बिरोधमा उत्रदै थिए । भूमिहीनहरूको बस्तीहरूमाथिका दमन र पञ्चहरूको जनबिरोधी गतिविधिले परिस्थिति बिस्फोटक बनिरहेको थियो ।

२०२५/०२६ मा सानाठूला संघर्षको नेतृत्व गर्न थाल्यो जिल्लाले। देशभरिका १८ कलेजको परीक्षा र स्वीकृतिको जबरजस्त आन्दोलनको नेतृत्व हामीले सम्हाल्यौ । सरकार परीक्षा दिलाउन र स्वीकृति दिन झुक्नु पर्यो । 

 २०२५ मा देवीप्रसाद पान्डेलाई सचिव बनाएर देवेन्द्र घिमिरे परीक्षा दिन पाल्पा जानू भयो । पाल्पा डेराबाटै जीवराज आश्रित गिरफ्तार हुनु भयो भने देवेन्द्र घिमिरे रूपन्देही झरेर २०२६ फागुनमा पूर्णकालिक र भूमिगत हुनुभयो । 

नेकपा लुम्बिनी अञ्चल ब्युरोमा देवी पान्डे देवेन्द्र घिमिरेहरू तानिए पछि २०२८ सालमा ओमकुमनर सुधाकर रू। जिल्ला सचिव नियुक्त हुनु भएको थियो । २०३० सालमा मदन पौडेल जिल्ला सचिव हुनु भयो । वहाँ भूमिगतबाट खुला भएपछि वामदेव गौतम जिल्ला सचिव हुनु भयो । रूपन्देहीमा कैयौ जमीनदार बिरूद्ध आन्दोलन भए यस अवधिमा । सडक मजदूर तथा कारखाना मजदूरमा पार्टी बलियो ढंगले स्थापित हुन सक्यो । यतिन्जेल आधारभूत तहदेखिका नेता रहेका थिए । रूपन्देहीको मूलधार पुष्पलालबाट अलग भयो । देशमा युवापङ्तिले कम्युनिष्ट एकताको पहल थाल्यो । पुष्पलालबाट अलग्गिएको मुक्तिमोर्चा भनिने समूह र झापाली को के समुह एकता प्रकृयामा गयो । यसक्रममा आएका प्रदीप नेपाल जिल्ला नेता बने २०३४ मा । यो समय युवा विद्यार्थी र बौद्धिक समुदाय मानव अधिकार हननले पिरोलिएको थियो । पाकिस्तानी नेता जुल्फीकार अली भुट्टोको फाँसीले निरङ्कुश राजा बिरूद्धको आन्दोलन तातेर उठ्यो । राजधानी र शहर बजार उम्लिन थाल्यो । राजालाई निर्दलीप पञ्चायत थाम्न मुस्किल हुन थाल्यो । पंचायतको विकल्प बहुदलमा जनमतसंग्रह गर्न उनी बाध्य भए । प्रतिबन्धित भन्दै राजनीतिक पार्टीहरू गतिविधिममा उत्रे । नेकपा मालेको वर्चश्व थियो रूपन्देहीमा ।

प्युठानबाट उछिट्टिएर आइलागेका डिबी सिंह २०४० मा ओपचारिक नेता भए रूपन्देहीका । त्यस पछि पनि विन बोलाए मेहमानका रूपमा २०४२ मा ईश्वर पोखरेल रूपन्देहीका जिल्ला नेता बनेको रेकर्डमा भेटिन्छ । २०३४ देखि २०४२ सम्मको अतिक्रमित नेतृत्व थियो । २०४२ मै भीमनारायण थारू नेतृत्वमा आएर स्वभाविक गतिमा अघि बढेको हो । २०४६ को आन्दोलनको नेतृत्वका लागि देवेन्द्र घिमिरेलाई रूपन्देही ल्याइएको थियो । बहुदल प्राप्ति पछि सम्मेलन गरि पुनस् भीमनारायण थारूलाई नेतृत्वमा राखेर २०४८मा उनी विदा भएका थिए । जनआन्दोलनकै दौरान माले मार्क्सदी सहकार्य बिकसित हुँदै २०४७ मा पार्टी एकीकरण सम्पन्न भयो । त्यसको नेतृत्व देवेन्द्र घिमिरेले २०४८ सम्म गरेका थिए। २०४९ को छोटो समय नेत्रप्रसाद पन्थीले जिल्ला सम्हालेकाथिए । २०५० मन घनश्याम भुसाल, २०५४ मा बिजयकुमार पौडेल र अध्यक्षात्मक प्रणालीमा २०६१ मा लिला गिरीले नेतृत्व गरे २०६९ मा भोजप्रसाद श्रेष्ठ, त्यसयता शिवराज सुवेदी र हाल रूपन्देहीको नेतृत्व अध्यक्ष तेजेन्द्र के सी हातमा रहेको छ ।