uml logo

आजदेखि एमाले गुल्मीको अधिवेशन

image

रुपन्देही। 

नेकपा एमाले गुल्मीको १0 औं जिल्ला अधिवेशनको आजदेखि सुरु हुने भएको छ । दुई दिनसम्म हुन लागेको जिल्ला अधिवेशनको तयारी पूरा भएको नेकपा एमाले गुल्मीका सचिव एवम् प्रचार प्रसार विभाग प्रमुख गणेश श्रीपालीले बताउनुभयो । 

अधिवेशनमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, सचिव तथा प्रदेश इन्चार्ज पद््मा अर्याल, पोलिटब्यूरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलसहितका नेताहरु तम्घास पुगिसक्नुभएको छ् । जिल्लाभरबाट करिब ७ सय प्रतिनिधि सहभागी हुने र आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी रहने छ । नेकपा एमाले गुल्मीमा १० हजारभन्दा बढी संगठित सदस्य रहेको पार्टीले जनाएको छ । अधिवेशनबाट नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष बालसिंह काउछा दोहोरिने तयारीमा हुनुहुन्छ तर युवा नेता हिरा एसीले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गर्नुभएको छ । गुल्मी एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला हो । एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले सकेसक्क सहमतिमा नेतृत्व चयन गर्ने र नभए निर्वाचनको विधिबाट समयमै टुंगो लगाउने जानकारी दिनुभयो । 

(((((