uml logo

एमाले अर्घाखाँचीको नवौं अधिवेशन सुरु

image

बुटवल । 

नेकपा एमाले अर्घाखाँचीको नवौं अधिवेशन शनिबारदेखि अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ । 

अधिवेशनको पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा पार्टीका पोलोटब्यूरो सदस्य लिला गिरी, जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य ठाकुर गैरे, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय लेखा आयोग उपाध्यक्ष विष्णु पन्थीलगायतका नेताहरू हुनुहुन्छ । अधिवेशनको निम्ति भूगोल तथा विशेष इलाकाको ६५ शाखा,२१ वटा जनसंगठन र आयोजक कमिटीबाट गरी जम्मा ५ सय ६२ जना प्रतिनिधि चयन भएर सहभागी भएका छन्।