2024-08-01
सचिवालयको ३४औं बैठकः कार्यविभाजन तथा केन्द्रीय कमिटीमा मनोनयन
साउन १७ गते
काठमाडौं ।
नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३४औं बैठक पार्टीको केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमा रिक्त पदाधिकारी तथा सदस्यहरू मनोनयन तथा केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनको निर्णय गरी सम्पन्न भएको छ ।
बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभएको थियो । अध्यक्ष ओलीले बैठकलाई सम्वोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षाअनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो ।
बैठकले पार्टीको रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यसैगरी पार्टीका पुराना नेता मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ ।
बैठकले केन्द्रीय कमिटीमा १७ जनालाई मनोनयन गरेको छ । त्यसैगरी, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्मा पनि सदस्यहरू मनोनयन गरेको छ ।
नयाँ कार्यविभाजन अनुसार सात प्रदेशको इन्चार्जमा शेरधन राई (कोशी), लिलानाथ श्रेष्ठ (मधेस), डा. राजन भट्टराई (बाग्मती), किरण गुरुङ (गण्डकी), पद्मा अर्याल (लुम्बिनी), गोरखबहादुर बोगटी (कर्णाली) र लेखराज भट्ट (सुदूरपश्चिम) तोकिनुभएको छ ।
नेकपा (एमाले)ले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्नेलगायत निर्णय गर्ने क्रममा जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको हो ।
जसमा पोलिटब्यूरो सदस्य देवीप्रसाद ज्ञवालीलाई चितवन जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ भने काडमाडौंको जिम्मेवारी आनन्दप्रसाद पोखरेललाई तोकेको छ ।
पोलिटब्यूरो सदस्य नै गोकुलप्रसाद बास्कोटालाई काभ्रेपलाञ्चोक, भक्तपुरमा महेश बस्नेत, ज्वालाकुमारी साहलाई बारा, बिशाल भट्टराईलाई खोटाङ, गणेशसिंह ठगुन्नालाई दार्चुला, ठाकुरप्रसाद गैरेलाई पाल्पा, जुलीकुमारी महतोलाई धनुषा, निरुदेवी पाललाई कञ्चनपुर, नरुलाल चौधरीलाई दाङ, सुर्य थापालाई प्यूठान, पार्वत गुरुङलाई दोलखा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
अन्य पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यलाई पनि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्र तथा क्षेत्रगत फाटको इन्चार्ज, प्रमुख तथा संयोजकको जिम्मेवारी तोकिएको छ ।
यस्तो सूचीः