uml logo

नेकपा (एमाले) लुम्बिनीका नवनिर्वाचित २०५ पदाधिकारी तथा सदस्यहरु - कसले कति मत ल्याए ? (सूचीसहित)

image

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जनाको कमिटी निर्वाचित भएको छ । जसमध्ये सचिवसहित विभिन्न क्षेत्रबाट सदस्य गरी १०६ जना निर्विरोध र बाँकी निर्वाचनका माध्यमबाट चुनिएका छन् ।

अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल, उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई २ मतले पराजित गर्नुभएको हो। उहाँले कूल ९६५ मत खसेको मध्ये ४७९ मत प्राप्त गर्नुभयो भने रिजालले ४७७ मत ल्याउनुभयो ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठले ४४५ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी विश्वराज बराल अनुपले ३०६ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा अन्य २ जनाले समेत उम्मेदवारी दिनुभएको थियो । यसैगरी सचिव पदमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनुभयो । खुल्ला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढा ४१८ मत प्राप्त गरी विजयी हुनुभयो निकटतम प्रतिष्पर्धी दुर्गाबहादुर चौधरीले ३९३ मत प्राप्त गर्नुभयो् ।

महिला उपसचिवमा कंडेल प्यानलका लीला रानामगरले ३५२ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने निकटतम प्रतिष्पर्धी बाँकेकी वसन्ती अधिकारीले ३५१ मत प्राप्त गर्नुभयो । 

निर्वाचनबाट प्रदेश खुला सदस्यतर्फ रुपन्देहीका वासुदेव घिमिरे सबैभन्दा बढी मत ३७६ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी जलिल मिया ३५७, बाबुराम भट्टराई ३५३, डी.आर. घिमिरे ३४०, कृष्णप्रसाद खनाल ३३४, अर्जुन केसी ३३३, प्रकाश जिसी ३२५, नारायणप्रसाद भुसाल २८३, सुष्मा खनाल २९९, मधुकृष्ण पन्त २८५ मतसहित निर्वाचित हुनुभयो ।

त्यस्तै लेखा समितिमा अध्यक्ष दामोदर घिमिरे ५३६ मतले विजयी हुनुभयो । उपाध्यक्ष बैकुण्ठ महत निर्विरोध निर्वाचित हुनुभयो । सचिवमा बाबुराम विश्वकर्मा ४४० मतसहित विजयी हुनुभयो । लेखा समिति सदस्यहरुमा कमलापति चौधरी र झपिन्द्र रायमाझी हुनुहुन्छ। अधिवेशनबाट लेखा समिति बाहेक २०५ सदस्यीय नेतृत्व चयन गरेको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुको विवरण