2023-09-02
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताउनु भएको छ ।
‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ बुटवलमा शनिवार आयोजित एमाले प्रदेश अधिवेशनमा उहाँले भन्नुभयो ।
‘एमालेभित्र विधि र नीति तथा नेतृत्वको विषयमा कुनै विवाद छैन, विवाद ल्याउने कोसिसलाई पानीको फोकाजस्तै बनाएर जाने छौँ, उपाध्यक्ष पौडेलले भन्नुभयो ।
अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा हामी प्रष्ट छौन्नुभयो –पार्टी र गुट विपरीत हुन्, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको र गुट उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्छ ।
एमालेले जित्नै पर्ने ठाउँहरु गुमेको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको बिषय प्रदेश अधिवेशनमा समीक्षा हुनुपर्छ भन्दै विगतका अनुभव, कमजोरीको समीक्षा गरेर एमालेमा रहेर विरोधीसँग गठजोड गर्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्ने छुट कसैलाई छैन, उहाँले जोड दिएरै भन्नुभयो ।
प्रदेश नेतृत्वको विषयमा महासचिव शंकर पोखरेलसँग जोडेर आएका समाचार अर्नगल रहेकोले त्यसबाट सचेत् हुन पाि कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
लुम्बिनीमा एमाले बलियो भएको देख्न नसक्ने शक्तिले चलाएको हल्लामा नेताकार्यकर्ताहरुलाई विश्वास नगर्न जोड दिदै पौडेलले अहिलेको सरकार विदेशीको इशारामा चलेकाले देशवासीले कुनै अपेक्षा गर्न नसकिने बताउनुभयो ।